arrow

भाजपाको जीतसँगै चिया पसलमा देखिए विवेक ओबेराय

logo
प्रकाशित २०७६ जेठ ९ बिहिबार
bibek.jpg

काठमाडौं । भारतमा भारतीय जनता पार्टीले अत्याधिक मत ल्याउने भएसँगै  बलिउड अभिनेता विवेक ओबेराय चिया पसलमा देखिएका छन् ।

ओबेराय भारतको तल्लो सदन लोकसभाका लागि भएको निर्वाचनको बिहीबार मत गणना अनुसार भारतीय जनता पार्टीलाई अत्यधिक बहुमत आउने क्रममा मुम्बई स्थित चिया पसलमा बिहीबार चिया बेच्दै देखिएका हुन् ।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकमा मोदीको भुमिकामा अभिनय गरेका छन् । अभिनेता ओबेराय मतपरिणाम आउन सुरुभएसँगै चिया पसलमा देखिएर  ‘प्रधानमन्त्री नरेन्द्र मोदी’ फिल्मको प्रचारमा जुटेका छन् ।

बाल्यकालमा चिया बेचेका मोदीले सन्  २०१४ को लोकसभा चुनामा 'चायवाला' को नामबाट चुनावी प्रचार गरेका थिए । ‘प्रधानमन्त्री नरेन्द्र मोदी’ फिल्म भोली शुक्रबारबाट रिलिज हुदैछ । निर्वाचन आयोगले भाजपालाई सहयोग पुग्ने भन्दै  निर्वाचन अघि चलचित्र रिलजमा रोक लगाएको थियो ।

चुनाव आयोगले चुनाव आचार संहिता लागू भएको भन्दै यो फिल्ममाथि रोक लगाएको थियो। आयोगले आफ्नो आदेशमा, 'चुनावको दौरान यस्तो फिल्मको प्रदर्शनको इजाजत दिन सकिँदैन । जसले कुनैपनि दल र व्यक्तिको पक्षपोषण गरेको होस्' भनेको थियो।  

चलचित्र  उमंग कुमारद्वारा निर्देशन गरेका छन् । विवेक ओबरायका पिता सुरेश ओब्राय उक्त फिल्मका एक निर्माता हुन्। अभिनेता विवेक ओबरायले वडोदराबाट चुनावमा उठ्न सक्ने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ