ह्वीलचियर एसिया कप टी–२० क्रिकेट कीर्तिपुरमा, नेपाल र भारत मैदानमा
प्रकाशित २०७६ जेठ १ बुधबार
339
Shares
काठमाडौं । ह्वीलचियर एसिया कप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा आयोजित प्रतियोगिताको उद्घाटन नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गरेका छन् ।
प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र पाकिस्तान रहेका छन् । चार टिमले आपसमा खेलेपछि शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल्नेछन् ।
पहिलो पटक भइरहेको प्रतियोगिता आयोजना गर्न पाउँदा उत्साह थपिएको आयोजकले जनाएको छ ।