-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटी उपाधि नजिक पुगेको छ । आफ्नो ३६ औं खेलमा आइतबार राति सिटीले बर्नलीलाई १–० ले पराजित गर्यो ।

बर्नलीको मैदानमा सिटीलाई विजयी गराउन एक मात्र गोल सर्जियो अग्युरोले गरे । उनले खेलको ६३ औ मिनेटमा गोल गर्दै सिटीलाई महत्वपुर्ण तीन अंक दिलाएका हुन् ।

यो जितपछि सिटी पुनः शीर्ष स्थानमा पुगेको छ । ३६ खेलको समाप्तिसम्म सिटीले दोस्रो स्थानको लिभपुलसंग एक अंकको अग्रता लिएको छ ।

सिटीको ९२ तथा लिभरपुलको ९१ अंक छ । तेस्रो स्थानमा टोटनह्याम (७० अंकबाट) रहेको छ भने चौथो स्थानको भिडन्त थप रोचक देखिएको छ ।

आइतबार रातिका खेलमा म्यान्चेष्टर युनाइटेडसंग १–१ को बराबरीपछि चेल्सी ६८ अंकसहित चौथो स्थानमा छ ।

लेस्टर सिटीसंग ३–० ले पराजित भएपछि आर्सनल ६६ अंकबाट पाँचौं स्थानमा झरेको छ । छैटौं स्थानको म्यान्चेष्टर युनाइटेडको ६५ अंक छ ।

हडर्सफिल्ड टाउन र फुल्हम रेलिगेशनमा परिसकेका छन् भने अब कार्डिफ सिटी र ब्राइटनमध्ये एक टिम रेलिगेशनमा पर्नेछ ।
कार्डिफको ३१ र ब्राइटनको ३५ अंक छ । ३८ अंकको साउथह्याम्पटन रेलिगेशनबाट बचेको छ ।