arrow

शाहरुखलाई राहत, मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा पुग्न आशावादी 

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
shahrukh-khan-kolkatta.jpg

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको लगानी रहेको क्लब कोलकाता नाइट राइडर्स आइपीएल क्रिकेटको प्लेअफतिर अगाडि बढेको छ । 

निकै महत्वपूर्ण खेलमा मुम्बई इन्डियन्समाथि ३४ रनको सफलता हासिल गरेसंगै कोलकाताले आशा जिवितै राखेको हो । 

कोलकाताले शानदार ब्याटिङ गर्दै २ विकेटको नोक्सानीमा २३२ रन बनायो । आन्द्रे रसेलले ४० बलमा नटआउट ८०, शुबमन गिलले ४५ बलमा ७६, क्रिस लिनले २९ बलमा ५४ तथा कप्तान दिनेश कार्तिकले ७ बलमा नटआउट १५ रन बनाए । 

जवाफमा मुम्बईले हार्दिक पाण्डेयाको सनसनीपूर्ण प्रदर्शनका बाबजूत पराजित भयो । मुम्बईले ७ विकेटको नोक्सानीमा १९८ रन बनायो । 

पाण्डेयाले ३४ बलमा ९१ रन बनाए । त्यसबाहेक सुर्यकुमार यादवले २६ र क्रुनाल पाण्डेयाले २४ रन बनाए । 

अलराउन्डर रसेल, सुनिल नाराइन र ह्यारी गुर्नेले २–२ विकेट लिए । 

जितपछि कोलकाता १२ खेलबाट १० अंकसहित पाँचौं स्थानमा पुगेको छ । ऊ प्लेअफका लागि आशावादी देखिएको छ । 

हारेको मुम्बई १२ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ