५० वर्षपछि फेसबुकमा भेटिनेछ जीवित भन्दा बढी मरेका मानिसको प्रोफाइल
प्रकाशित २०७६ वैशाख १५ आइतबार
706
Shares
काठमाडौं । फेसबुकमा मृत मानिसहरुको संख्या तिव्र गतिमा बढि रहेको छ । ब्रिटेनको अक्सफोर्ड विश्वविद्यालयले आफ्नो एक अध्ययनमा भनेको छ, 'अगामी ५० बर्ष अर्थात २०७० सम्ममा फेसबुकमा जीवित मानिस भन्दा मृत मानिसको ज्यादा प्रोफाइल हुनेछ ।'
विश्वविद्यालयले आफ्नो अध्ययनमा भनेको छ, 'फेसबुकको वर्तमान बृद्धिका अनुसार ५० बर्षपछि फेसबुकको वर्तमान २.३ अरब प्रयोगकर्ताहरुमा कम्तिमा १.४ अरब प्रयोगकर्ताको मृत्यु भैसकेको हुनेछ । फेसबुकमा जीवित मानिसभन्दा मृतको संख्या ज्यादा हुने यो पहिलो अबस्था हुनेछ ।'
अध्ययनका सह-लेखक डेविड वोटसनले भने, 'भविष्यमा फेसबुकले इतिहासकारहरुलाई यस्तो मानिसहरुको प्रोफाइल हेर्ने छुट दिनुपर्नेछ । ताकि उनिहरु इतिहासको बारेमा सही बताउन सकुन् । यस्तो प्रोफाइलको पोस्ट इतिहासकारहरुलाई निकै मद्द गर्न सक्नेछ ।'
उनले भने, 'मानव व्यवहारको यसभन्दा राम्रो संग्रह यसअघि थिएन ।'