त्रासमा सीमा क्षेत्रका जनता, भारतीय तस्करद्वारा हवाई फायर गर्दै कुटपिट
पिडितको घरदैलोमा प्रतिपक्षी , चुनाव जितेकालाई वास्तै छैन
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ वैशाख १५ आइतबार
614
Shares
पुनर्वास । शुक्रबार राती भारतीय तस्करको सांघातिक हमलाबाट घाइते बनेका बेलौरी नगरपालिका १० का युवा तारा चन्दको स्वास्थ्य अबस्था बुझ्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पुर्व सांसद दिवानसिह बिष्टको टोलि घटना स्थल पुगेको थियो ।
सरकार र प्रशासनको उदासिनता र लाचारीपनका कारण कञ्चनपुरको दक्षिणी क्षेत्रका जनता भारतीय तस्करहरुबाट समेत सताइन थालेका छन । यतिबेला जनताको जिउधनको असुरक्षा बढ्दै गएको छ । जनताको सुरक्षाको जिम्मा लिएका प्रहरी र सशस्त्र सीमा सुरक्षा बलले सुरक्षा ब्यबस्था दरिलो बनाउन नसक्दा सीमा क्षेत्रका स्थानीयहरुले भारतीय पक्षको ज्यातदी सहन बाध्य बन्न पुगेका छन ।
नेपाली बस्तीमै पसेर नेपाली नागरिक माथी सांघातिक हमला गर्नु निन्दनीय हरकत भएको र जनतालाई सुरक्षाको प्रत्याभूति गराउन नसक्नु प्रशासनको लाचारी भएको पिडितलाई भेट्न पुगेका पुर्व सांसद दिवानसिंह बिष्टले बताए । नेपाली नागरिक माथी साँघातिक हमला गर्ने तस्करहरुको खोजी गरि करवाही गरिनु पर्ने पुर्व सांसद बिष्टले बताए ।
शनिवार घाइते चन्दको स्वास्थ्य अबस्था बुझ्न पुगेका पुर्व सांसद बिष्टसंगै कांग्रेस नेता गोपाल सिंह गुरुङ , नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापती गोपिप्रसाद उपाध्याय सहितको टोलिले पिडित र सीमा क्षेत्रका स्थानीयसंग घेटघाट र अबस्थाको जानकारी लिएको छ । निर्वाचन ताका राष्ट्रियताको चर्को प्रचार गर्दै निर्वाचन जितेका सांसद र जनप्रतिनिधिहरुले भने जिल्लाको दक्षिणी क्षेत्र हुँदै आएअको भारतीय हस्तक्षेप बिरुद्ध मौन देखिएका बेला प्रतिपक्षी दल कांग्रेस नेता बिष्टले देखाएको सक्रियताका कारण क्षेत्रका जनता बिच नेता बिष्ट लोकप्रिय बनेका छन ।
भारतीय नागरिक मेसु सिह, शेर सिह, होसियार सिहको समुहले बेलौरी नगरपालिका १० भुडाका स्थानीय चन्दमाथी कुटपिट गर्नुका साथै गाउँमा हवाई फायरिङ्ग गरेको स्थानीयले बताएका छन् । भारतीय काठ तस्करका रुपमा परिचित उक्त समुहले काठ तस्करीमा नेपाली पक्षबाट अबरोध भएको झोकमा कुटपिटका साथै हवाईफायरिङ्ग गरेको स्थानीयले बताए ।
तर, प्रहरीले भने हवाईफायरिङ्ग पुष्टी गरेको छैन् । स्थानीयले फायरिङ्ग गरेको बताएपनि सीमा क्षेत्रमा स्थानीय प्रहरीले त्यसबारे अज्ञविज्ञता प्रकट गर्दै फायरिङ्ग बारे आफुहरुले पनि स्थानीयबाटै सुनेको बताएका छन् ।