काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा उपाधि भिडन्त र तेस्रो स्थानको भिडन्त रोचक बनेको छ ।
उपाधिका लागि लिभरपुल र म्यान्चेष्टर सिटीबीचको भिडन्त छ भने तेस्रो स्थानका लागि टोटनह्याम हट्सपर, चेल्सी, आर्सनल र म्यान्चेष्टर युनाइटेडबीच टक्कर छ ।
शनिबार रातिको खेलले तेस्रो स्थानको भिडन्त अझ रोचक बनेको छ । टोटनह्यामले घरेलु मैदानमा वेष्ट ह्याम युनाइटेडसंग १–० गोल अन्तरको पराजय बेहोरेपछि अंक तालिका थप रोचक बनेको हो ।
६७ औं मिनेटमा मिखाइल एन्टोनियोले गोल गर्दै वेष्ट ह्यामलाई जिताए ।