arrow

गौतम गम्भीर क्रिकेट क्रिजबाट राजनीतिमा, बीजेपीका उम्मेदवार

logo
प्रकाशित २०७६ वैशाख १० मंगलबार
gambhir.jpeg

काठमाडौं । भारतीय क्रिकेटर गौतम गम्भीरले राजनीतिमा पाइला चालेका छन् । उनी भारतीय जनता पार्टीमा लागेका हुन् । 

उनी उम्मेदवारसमेत बनेका छन् । उनले उम्मेदवारी दर्ता गराउनुअघि रोड शो पनि गरेका छन् । उनले दिल्लीबाट उम्मेदवारी दर्ता गराउँदैछन् । 

उक्त क्रममा गौतमले आफूले राजनीतिमार्फत देश सेवा गर्ने बताएका छन् । 

क्रिकेटमा सफल मानिने गौतमले राजनीतिमा कस्तो प्रदर्शन गर्ने हुन् त्यो भने चुनावी नतिजाले नै भर पार्नेछ । 

गौतमको क्रिकेट करियर–
सन् १९८१ अक्टोवर १४ मा दिल्लीमा जन्मिएका टप अर्डर ब्याट्सम्यान गौतमले १४७ एक दिवसीयमा ५२३८ रन बनाएका छन् जसमा ४१.९५ को एभरेजमा ११ सतक र ३४ अर्धसतक रहेका छन् । 

उनले टी–२० मा ३७ खेलमा ७ अर्धसतकसहित ९३२ रन बनाएका छन् । गौतमले ५८ टेष्टमा ९ सतक र २२ अर्धसतकसहित ४१५२ रन बनाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ