काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा आइतबार राति म्यान्चेस्टर युनाइटेडले कमजोर प्रदर्शन गरेको छ । युनाइटेड एभर्टनसंग गुडिसन पार्कमा भएको खेलमा ४–० को विशाल अन्तरले पराजित भएको हो ।
३९,३९५ दर्शकले हेरेको यो खेलमा घरेलु मैदानमा एभर्टनलाई खुशी दिलाउने क्रममा रिचार्लसन, गिल्फी सिगुट्सन, लुकास डिग्ने र थियो वाल्कोटले १–१ गोल गरेका थिए ।
यो हारले चौथो स्थान पुग्ने युनाइटेडको सपना चकनाचुर भएको छ । युनाइटेट छैटौं स्थानमा छ भने एभर्टन सातौं स्थानमा छ ।