-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा लियोनल मेस्सीको बार्सिलोना उपाधि नजिक पुगेको छ ।

शनिबार रातिको खेलमा रियाल सोसिडाडमाथि घरेलु मैदान नोउ क्याम्पमा २–१ गोल अन्तरको जित निकालेसंगै बार्सिलोना उपाधि नजिक पुगको हो ।

क्लेमेन्ट लेंग्लेटले ४५ औं मिनेटमा गोल गरे । ६२ औं मिनेटमा हुँवामीले गोल गर्दै सोसिडाडलाई बराबरीमा ल्याए ।

योर्डी अल्बाले ६४ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई जिताए ।
३३ खेलबाट ७७ अंकको बार्सिलोना शीर्षमा छ । दोस्रो स्थानको एथलेटिको मड्रिडको ६८ अंक छ ।

यो आँकडाले एथलेटिकोले सबै खेल जिते पनि अब मात्र ६ अंक बटुले बार्सिलोनाले उपाधि पक्का गर्नेछ ।
तेस्रो स्थानको रियाल मड्रिड भने ६१ अंकसहित तेस्रो स्थानमा छ ।

शनिबार रातिको नतिजा
सेल्टाभिगो २–१ गिरोना
आइबर ०–१ एथलेटिको मड्रिड
रायो भालेकानो ०–० हुएस्का
