स्थापना दिवसको अवसरमा नेविसंघ सिराहाले गर्यो रक्तदान
प्रकाशित २०७६ वैशाख ६ शुक्रबार
875
Shares
सिराहा । नेपाल विद्यार्थी संघ (नेविसंघ) जिल्ला कार्यसमिति सिराहाले आफ्नो ५०औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेका छ । कार्यक्रममा ६५ जना विद्यार्थी तथा सर्वसाधारणले रक्तदान गरेका छन् ।
सिराहा कांग्रेस सभापति मो मुस्ताकको अध्यक्षतामा संचालित कार्यक्रममा नेविसंघका निवर्तमान सहमहामन्त्री परमेशवर साह ,दलित नेता बिनोद बिसुन्के ,जिल्ला सचिव सन्जिब ठाकुर ,कपिल देव साह ,नरेश जुङ साह लगायत विद्यार्थी नेताहरु सहभागीता रहेको थियो ।