मुम्बईसंग घुँडा टेक्यो दिल्लीले, यस्तो छ अंक तालिका
प्रकाशित २०७६ वैशाख ६ शुक्रबार
1k
Shares
काठमाडौं । भारतमा भइरहेको आईपीएल टी–२० क्रिकेटमा सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्स पराजित भएको छ । दिल्लीले मुम्बई इन्डियन्ससंग घुँडा टेकेको हो ।
बिहीबार राति भएको खेलमा मुम्बईले दिल्लीलाई ४० रनले हरायो । घरेलु मैदानमा खेलेको दिल्लीले १६९ रनको लक्ष्य पछ्याउने क्रममा ९ विकेटको नोक्सानीमा १२८ रनमै समेटियो ।
दिल्लीका लागि शिखर धवनले ३५ रन जोड्दा अक्षर पटेलले २६ रन बनाए । मुम्बईका राहुल चाहरले ३ तथा जस्प्रित बुम्राहले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले ५ विकेटको नोक्सानीमा १६८ रन बनाएको थियो ।