विश्वकप छनोट नभएको नेपाली टोलीको सन्तुलित प्रदर्शन
पाँच उच्च साझेदारी
हाम्राकुरा डेस्क,
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
665
Shares
काठमाडौं। नेपाल यु-१९ एकदिवसीय विश्वकप क्रिकेट छनोट हुन नसकेर बाहिरिएको छ। एसिया छनोटको पाँच खेलमा ४ खेल जितेको नेपाल सँयुक्त अरब ईमिरेट्स (युएई)सँग पराजित भए पछि बाहिरिएको हो ।
युएईले ५ खेलमा सबै खेल जित्दै विश्वकपमा स्थान बनाएको हो। नेपाल र युएई बिरुद्धको खेल पानीले रोकिए पछि डकवर्थ-लेविस-स्टर्न नियमले १ रनले पराजित भएको हो। बर्षाले ब्यवधान पुर्याएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै २ सय ४७ रन बनाए पनि ३० ओभरमा ३ विकेटको नोक्सानीमा १ सय २२ बनाएको युऐई १ रनले बिजयी भएको थियो।
प्रतियोगितामा नेपालले बाँकी ४ खेलमा सहज जित हात पारेको थियो। संभवत: पछिल्लो समयमा यु-१९को सबैभन्दा सन्तुलित टोली रहेको नेपाली टोलीले विश्वकप खेल्ने विश्वास गरिएको थियो। क्रिकेट अनिश्चितताले भरिएको खेल हो भन्ने भनाई सार्थक भएको छ ।
पुरा ५० ओभरको खेल भएर पराजित भएको भए नेपाली टोली र नेपाली क्रिकेटका प्रशंसकहरुलाई चित्त बुझाउने सजिलो बाटो हुन्थ्यो तर क्रिकेटको नियममा बसेर १ रनले पराजित हुँदा चुकचुक हुनु स्वभाविक हो।
नेपालले अन्तिम खेलमा कुवेतलाई ८ विकेटले पराजित गरे पनि उता युऐईलाई ओमानले रोक्न नसक्दा नेपाल बाहिरिएको हो।
नेपालका खेलाडीहरुले टोलीका रुपमा सबै जितहरुमा योगदान दिएका थिए। एउटा टोलीको रुपमा परिपक्क देखिएको नेपाली टोली नेपाली क्रिकेटको भविष्य हो भन्न हिच्किचाईरहनु पर्दैन।
ब्याटीङ
नेपालका लागि कप्तान रोहित पौडेल प्रतियोगितामा सार्वधिक रन बनाउनेमा पहिलो स्थानमा रहेका छन्। उनले ५ खेलमा १ सय ९४ रन बनाएका छन्। उक्त रन बानउने क्रममा उनले २ अर्धशतक बनाएका थिए। सिंगापुर बिरुद्ध ९५ रन बनाएका रोहितले ओमान बिरुद्ध ९५ रन बनाएका थिए।
त्यसैगरि रित गौतम सार्वाधिक रन बनाउनेमा पाँचौं स्थानमा रहेका छन्। उनले १ अर्धशतक सहित १ सय ५६ रन बनाएका छन्। कुवेत बिरुद्ध उनले ६२ रन बनाएका थिए।
भिम सार्कीले प्रतियोगितामा १ सय १८ रन बनाएका थिए। उनले कुवेत बिरुद्ध ५३ रनको पारी खेलेका थिए।
बलिङ
नेपालका लागि सार्वधिक विकेट लिनेमा पवन सर्राफ पहिलो स्थानमा रहेका छन्। उनले प्रतियोगितामा कुल ९ विकेट लिएका छन्। ४२.५ ओभर बलिङ गरेका पवनले १० ओभर मेडेन राख्दै २.२४को ईकोनोमीमा ९ विकेट लिएका हुन्।
त्यसगरि कुशल मल्लले ३८ ओभर बलिङ गर्दै ९ मेडेन गर्दै २.०५को ईकोनोमीमे ८ विकेट लिएका थिए। सुर्य तामाङले ६ तथा कमल सिंअ ऐरिले ४ विकेट लिएका थिए।
क्षेत्ररक्षण
नेपाली क्रिकेटको क्षेत्ररक्षण विश्व क्रिकेटमा अब्बल मानिन्छ । नेपालका लागि सन्दिप जोराले ६ क्याच लिएका थिए भने नेपाली जोन्टी भनेर चिनिने भिम सार्कीले पाँच क्याच लिएका थिए।
ब्यटिङ साझेदारी
नेपाली टोलीले प्रतियोगितामा ५ वटा उच्च साझेदारी गरेका छन्। ब्याटीङमा साझेदारीको महत्व मुल्यवान हुन्छ जस्मा नेपाली टोलीले आफुलाई परिपक्क साबित गरेको छ।
नेपालले १०औं विकेटका लागि ५१ रनको साझेदारी गरेको थियो। प्रतिस जिसी र सुर्य तामाङले ओमान बिरुद्ध उक्त साझेदारी गरेको थिए।
त्यसैगरि कप्तान रोहित पौडेलले ३ वटा साझेदारीमा भुमिका खेलेका थिए। उनले छैठौं विकेटका लागि ओमान बिरुद्ध भिम सार्कीसँग ९२ रनको साझेदारी गरेका थिए। त्यसैगरि सातौं वेकटका लागि रसिद खानसँग सिंगापुर बिरुदध ७७ रनको साझेदारी गरेका थिए।
कप्तान पौडेललाई कमल सिंह ऐरीले सिंगापुर बिरुद्ध आठौं विकेटका लागि ३७ रनको साझेदारीमा साथ दिएका थिए। त्यसैगरि भिम सार्की र हरी चौहानले युएई बिरुद्ध छैठौं विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए।
युवा खेलाडीहरुको योगदान र क्रिकेट प्रतिको लगावले नेपाली क्रिकेटको भविष्य उज्जवल रहेको संकेत गर्छ । यु-१९ विश्वकप छनौट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा नेपाली क्रिकेटको भविष्य भरपर्दो हातमा जाँदैछ भनेर भन्न सजिलै सकिन्छ ।