arrow

आठौं राष्ट्रिय खेलकुदः हक्कीमा आर्मीलाई उपाधि

logo
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
Hockey_mens_winner.JPG

नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष हक्कीमा नेपाल आर्मी बुधबार च्याम्पियन बनेको छ । नेपालगन्जस्थित मंगलप्रसाद माविमा भएको फाइनलमा आर्मीले हक्कीमा पहिलो पटक टिम सहभागी गराएको प्रहरीलाई पेनाल्टी सुटआउटमा ४–१ गोलले पराजित गर्यो ।

पेनाल्टीमा आर्मीबाट नरेन्द्र अधिकारी, प्रदीप राजवंशी, अमितकुमार श्रीवास्तव र दीपेन्द्र ऐरले गोल गरे । प्रहरीका केशवराज जोशीले मात्र गोल गर्न सफल भए । 

त्यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । ११ औं मिनेटमा प्रदीप राजवंशीले आर्मीलाई अग्रता दिलाएका थिए । 

४५ औं मिनेटमा रोमन रानाले बराबरी गोल फर्काए । रोमनले प्रतियोगिताभर १५ गोल गरे । प्रदेश ५ ले प्रदेश ७ लाई ३–० गोलले हराउँदै तेश्रो भयो । मनीष गुरुङ, शशि दर्लामी र रविकान्त कुमारले गोल गरे । प्रतियोगितामा ९ टिम सहभागी थिए ।

महिलामा प्रदेश ७ र गण्डकी प्रदेशबीच उपाधि भिडन्त हुने भएको छ । प्रदेश ७ ले प्रदेश २ लाई ५–१ गोलले पाखा लगायो । विजेताका अन्जु गुरुङ र अनिता श्रेष्ठले २–२ तथा दमरा भट्टले १ गोल गरे । प्रदेश २ बाट मधुकुमारीले सान्त्वना गोल फर्काइन् ।

अर्को सेमिफाइनलमा गण्डकीले आर्मीलाई १–० गोलले हरायो । देविका विकले निर्णायक गोल गरिन् । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ