विश्वकपमा भारतको नेतृत्व गर्ने विराट कोहलीको बैंगलोरको सातौं हार
प्रकाशित २०७६ वैशाख ३ मंगलबार
1.2k
Shares
काठमाडौं । इंगल्याण्ड र वेल्समा आगामी मे ३० तारिखदेखि हुने विश्वकप एक दिवसीय क्रिकेटमा भारतको नेतृत्व गर्ने कप्तान विराट कोहलीको व्यवसायिक क्रिकेटमा भने असफलता चुलिएको छ ।
कोहलीले नेतृत्व गरिरहेको रोयल च्यालेन्जर्स बैंगलोरले आइपिएल टी–२० क्रिकेटमा अहिलेसम्मकै खराव प्रदर्शन गरेको छ ।
आठमध्ये सातौं हार बेहोरेको बैंगलोरले सोमबार राति मुम्बई इन्डियन्ससंग ५ विकेटको हारको सामना गर्नुपर्यो ।
मुम्बईको वान्खडे क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १७२ रनको लक्ष्य घरेलु टोलीले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।