-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पाँचथर । वाईवाई तेस्रो पाँचथर गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत आज भएको खेलमा हिमालयन शेर्पा क्लव विजयी वन्दै सेमिफाइनल प्रवेश गरेको छ ।
आज भएको खेलमा न्यू स्टार क्लव सुनसरी लाई ४–३ गोल अन्तरले पराजित गर्दे हिमालयन शेर्पा अन्तिम चारमा प्रवेश गरेको हो ।
हिमालयनलाई जिताउन डेडि बाम्बाले १४ र २५ औ मिनेटमा दुई गोल,मान बहादुर तामाङले ९ औ र विजय श्रेष्ठले ६७ औ मिनेटमा एक एक गोल गरेका थिए ।
यस्तै न्यू स्टार क्लव सुनसरीको तर्फबाट जवाफमा दिनेश राईले ७२ औ,रोशन भूजेलले ८२ औ मिनेटमा र पारस कटुवालले ३९ औ मिनेटमा एक एक गोल गरेका थिए ।
आजको खेलमा उत्कृष्ट खेल प्रर्दशन गरेका हिमालयन शेर्पाका डेडि बाम्बा म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्र्तगत भोली हुने पहिलो सेमिफाइनल खेलमा विजय युथ क्लव हेटौडा र डिएफसी मोरङ विच प्रतिस्पर्धा हुने आयोजक पाँचथर फुटवल क्लवले जनाएको छ ।