arrow

प्रीति जिन्टा अगाडि लागिन्, वार्नरको भन्दा राहुलको नटआउट सफल

logo
प्रकाशित २०७५ चैत २६ मंगलबार
preety-jinta.jpg

काठमाडौं । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग आइपिएल टी–२० क्रिकेटमा बलिउड नायिका प्रीति जिन्टाको लगानी रहेको किंगस ११ पञ्जाब अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । 

सनराइजर्स हैदराबादमाथि चन्डिगढमा भएको खेलमा ६ विकेटको सफलता हासिल गरेपछि पञ्जाब अगाडि लागेको हो । 

खेलमा १५१ रनको लक्ष्य पञ्जाबले १९.५ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो । 

ओपनर लोकेश राहुलले ५३ बलमा नटआउट ७१ रन बनाए । त्यसैगरी मायांक अग्रवालले ४३ बलमा ५५ रन बनाए । 

राहुलको नटआउट हैदराबादका ओपनर डेभिड वार्नरको भन्दा सफल देखिएको छ । वार्नरले ६२ बलमा नटआउट ७० रन बनाएका थिए । 

हैदराबादले पहिले ब्याटिङ गर्दै ४ विकेटकै नोक्सानीमा १५० रन बनाएको थियो । २३ बर्षे भारतीय खेलाडी दीपक हुडाले ३ बलमा नटआउट १४ रन बनाए पनि पञ्जाबलाई घुँडा टेकाउने सकेनन् । 

अंक तालिका
सोमबार रातिको खेलपछि अंकतालिकामा कोलकाता नाइट राइडर्स ५ खेलबाट ८ अंकसहित पहिलो नम्बरमा छ । 

समान खेलबाट समान अंकको डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंगस दोस्रो स्थानमा छ । 

पञ्जाब ६ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा छ । समान खेलबाट ६ अंकको हैदराबाद चौथोमा धकेलिँदा मुम्बई इन्डियन्स ६ अंकबाट पाँचौं स्थानमा झरेको छ । 

सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्स पनि ६ अंकमै छ । 
बिराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरले अहिलेसम्म अंकको खाता खोल्न सकेको छैन ।  
 

मंगलबार रोमाञ्चक भिडन्त
मंगलबार राति रोमाञ्चक भिडन्त हुँदैछ । राति ८ः१५ बजे चेन्नाई र कोलकाता भिड्दै छन् । 

शीर्ष दुई स्थानका टिमको भिडन्तले एउटालाई माथि पुर्र्याउने छ भने अर्को टिम पछाडि पर्नेछ । 

खेल चेन्नाईमा हुँदै गर्दा महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाईलाई फाइदा पुग्ने देखिन्छ । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ