-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ । आर्सनल एभर्टनसंग आइतबार राति १–० ले पराजित भएको हो ।

एभर्टनको गुडिसन पार्कको घरेलु मैदानमा भएको खेलमा ३९४०० दर्शकलाई साक्षी राख्दै फिल जागिएल्काले १० मिनेटमै निर्णायक गोल गरेका हुन् ।

आर्सनलको यो हारले भने तेस्रो स्थानको भिडन्त रोमाञ्चक बन्दै गएको छ ।

लिगमा ३३ खेलबाट ८२ अंकको लिभरपुल शिर्ष स्थानमा हुँदा ३२ खेलबाट म्यान्चेस्टर सिटी ८० अंकसहित दोस्रो स्थानमा छ ।

३२ खेलबाट ६४ अंकको टोटनह्याम हट्सपर ६४ अंकसहित तेस्रो, ३२ खेलबाट आर्सनल ६३ अंकसहित चौथो, चेल्सी ३२ खेलबाट ६३ अंकसहित पाँचौं र म्यान्चेस्टर युनाइटेड ३२ खेलबाट ६१ अंकसहित छैटौं स्थानमा छ ।
