मोईन अलीको विकेट पछि खेल दिल्लीको पक्षमा आएको सन्दिपको दाबी
प्रकाशित २०७५ चैत २५ सोमबार
543
Shares
काठमाडौं। नेपालका क्रिकेट स्टार सन्दिप लामिछानेले टि-२० क्रिकेटमा ५० विकेट पुरा गरेका छन्। बेंगलोर बिरुद्धको खेलमा सन्दिपले मोईन अलीको विकेट लिंदै ५० विकेट पुरा गरेका हुन्।
‘एक बर्षको समया ५० विकेट राम्रो प्रदर्शन हो । यसैको निरन्त्रता अगाडि पनि दिन चाहान्छु।‘ बेंगलोरसँगको जित पछि सन्दिपले भने। गत बर्ष आईपीएलबाट शुरु भएको सन्दिपको यात्रा विश्वमा हुने सबैजसो प्रमुख टि-२० लिगहरु खेलेर पेरि आईपीएलमा आईपुगेको छ।
उनले आफुले लिएको ५०औं विकेटले खेलको धार परिवर्तन गरेको पनि बताए। १८ बलमा ३२ रन बनाएका अलीको विकेट सन्दिपले लिएका थिए। अलीको विकेट पछि बेमगलोर केही दवाबमा आएको थियो।
दिल्लीले खेल जिते पनि सन्दिपले औषत बलिङ गरे । उनले ४ ओभरमा ४६ रन खर्चिंदै १ वेकट लिएका थिए।