नाटकीय खेलमा वार्टफोर्ड बिजयी, फाईनलमा सिटीको सामना गर्ने
प्रकाशित २०७५ चैत २४ आइतबार
383
Shares
काठमाडौं। एफए कपको फाईनलमा म्यानचेस्टर सिटीले वार्टफोर्डको सामना गर्ने भएको छ। दोस्रो सेमीफाईनल खेलमा वार्टफोर्डले उव्सलाई ३-२ गोलले पराजित गर्दै फाईनलमा स्थान पक्का गरेको हो।
उल्व्सले पहिलो हाफमा १ गोल र ६३औं मिनेटको दोस्रो गोलको अग्रतालाई ७९औं मिनेटमा वार्टफोर्डले गोल गर्दै अन्तर कम गरेको थियो। खलेको ९३औं मिनेटमा पाएको पेनाल्टी मार्फत दोस्रो गोल गर्दै वार्टफोर्डले बराबरी गरेको थियो।
खेल बराबरी भएपछि थपिएको समयमा वार्टफोर्डले निर्णायक र तेस्रो गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो। २ गोलले पछि परेको अवस्थामा नतिजा आफ्नो पक्षमा पार्नु फुटबलमा बिरलै देख्न पाईन्छ । वार्टफोर्डले आफ्नो आक्रमणलाई निरन्तरता दिंदै उक्त सफलता हात पारेको थियो।
खेलको ३६औं मिनेटमा उल्व्सका म्यट डोहेर्टीले गोल गर्दै अग्रता दिलाएका थिए। त्यसैगरि राउल जिमेनेजले ६३औं मिनेटमा दोस्रो गोल गरेका थिए।
७९औं मिनेटसम्म २ गोलको अग्रता कायम गरेको उल्व्सलाई वार्टफोर्डका जेर्राड डेलोफेउले गोल गर्दै झस्एका थिए। खेलको ९३औं मिनेटमा पाएको पेनाल्टीलाई ट्रोय डिनेले गोल गर्दै खेल बराबरी गरेका थिए।
९० मिनेटको खेल बराबरीमा सकिए पछि थपिएको समयमा वार्टफोर्डका जेर्राड डेलोफेउले निर्णायक गोल गरेका थिए। उनले १०४औं मिनेटमा गोल गर्दै आफ्नो टोलीको फाईनलको यात्रा निश?चित गरेका थिए।