arrow

पाँचथर गोल्डकप : झापाले इलामलाई हरायो

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ चैत २४ आइतबार
panchtar_goldcup.JPG

पाँचथर । वाई वाई तेस्रो पाँचथर गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत आज भएको दोस्रो खेलमा झापा विजयी भएको छ । आज भएको दोस्रो खेलमा रेडहर्स इलामलाई विर्तामोड यूनाइटेड झापाले ट्राइबेकरमा ५—४ गोल अन्तरले पराजित गरेको छ ।

झापाको तर्फबाट खेल शुरु भएको ११ औ मिनेटमा योगेश गुरुङले एक गोल गर्दे खेललाई अघि वढाएका थिए । यस्तै जवाफमा इलामको तर्फबाट विरेन्द्र लिम्बूले खेल शुरु भएको ३३ औ मिनेटमा सान्तवना मार्फत एक गोल फर्काएका थिए । खेलमा उत्कृष्ट प्रर्दशन गरेका झापाका योगेश गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्र्तगत भोली आजको विजयी बिहानको विजयी टिम मोरङ र आयोजक पाँचथर क्लव पाँचथर विच प्रतिस्पर्धा हुने आयोजक पाँचथर फुटवल संघका अध्यक्ष निशान शिवाकोटीले बताए।

प्रतियोगितामा आयोजक पाँचथर क्लबसहित हिमालयन शेर्पा क्लब, जावलाखेल युथ क्लब, दार्जे्लिङ युनाइटेड भारत, विजय युथ क्लब हेटौडा, मिसन युनाइटेड ताप्लेजुङ, रेडहर्स इलाम, विर्तामोड युनाइटेड झापा, डिएफसी मोरङ र न्यू स्टार सुनसरीको सहभागिता रहने छ ।

 वैशाख २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ४ लाख र उपविजेताले २ लाखसहित ट्रफी पाउँने छन् ।

त्यस्तै प्रत्येक विधाका उत्कृष्ट खेलाडीलाईसमेत पुरस्कृत गरिनेछ । प्रतियोगिताको लागत ४३ लाख लाग्ने आयोजकले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ