arrow

दिल्ली क्यापिटल्स छोड्दै गांगुली !

logo
प्रकाशित २०७५ चैत २२ शुक्रबार
saurav-ganguly.jpeg

एजेन्सी। भारतीय पुर्व कप्तान सौरभ गांगुलीलाई अदालतले स्पष्टीकरण सोधेको छ। ईण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सका सल्लाहकारका रुपमा कार्यरत गागुंली बंगाल क्रिकेट संघको पनि अध्यक्ष हुन्।

कोलकाता निवासी तीन जनाले गागुंली बिरुद्ध भारतीय क्रिकेट बोर्ड (बिसीसीआई)मा उजुरी हालेका थिए। उक्त उजुरीको आधारमा गागुंलीलाई बिसीसीआईले स्पष्टिकरण सोधेको छ। उनले ७ मार्चमा उत्तर दिने बताईसकेका छन्।

बिसीसीआईको बिधान अनुसार एक ब्यक्ती एक पदको ब्यवस्था गरिएको छ। दिल्ली क्यपिटल्समा गांगुलीको भुमिका के हो स्पष्ट रहेको छैन। उनी खेलाडीहरुसँग मेदानमा ट्रेनिङ सेसनहरु चलाईरहेका भेटिन्छन। उनी हेड कोच रिकी पोन्टिङको समन्वयमा खेलाडीहरुसँग काम गरिरहेका हुन्छन्।

गांगुलीले दिल्लीसँग आबद्ध हुनु अघि बिसीसीआईको टेक्निकल कमिटीबाट राजिनामा गरेका थिए तर उनले बंगल क्रिकेट संघको अध्यक्षको पद भने छाडेका छैनन्। उनले के लेख्नेछन र कुन पद छाड्नेछन भन्ने कुरा उनले दिने जवाफका आधारमा हुनेछ । के दिल्ली छाड्छन गांगुली ?

बंगाल क्रिकेट संघको अध्यक्ष छाड्नु भन्दा दिल्ली क्यापिटल्सको सल्लाहकार छाड्ने अनुमान गर्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ