दिल्लीले तीन खेलाडी परिवर्तन गर्दा सन्दीप लामिछाने डटिरहे, प्रतिस्पर्धा सन्दीप र रशीद खानबीच
प्रकाशित २०७५ चैत २१ बिहिबार
497
Shares
काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएल टी–२० क्रिकेटमा अहिले दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेलिरहेका छन् । खेल दिल्लीको मैदानमा भइरहेको छ । खेलमा हैदराबादले टस जितेर पहिले बलिङ गरिरहेको छ ।
दिल्लीबाट तीन खेलाडी परिवर्तन गरिएको छ । इशान्त शर्मा फर्किएका छन् खेलमा भने राहुल तेवातिया र अक्षर पटेल टिममा परेका छन् ।
जारी लिगमा स्पिन बलरले हासिल गरेको सफलतामा अगाडि देखिएका नेपाली क्रिकेटका ढुकढुकी सन्दीप लामिछाने डटेर टिममा रहेका छन् ।
यो खेलमा सन्दीपको भिडन्त अफगानी स्पिनर रशीद खानसंग हुँदैछ । दुवैबीच कडा टक्टर छ ।
दिल्लीले ४ खेलबाट २ जितसहित ४ अंक बटुलेको छ र पाँचौं स्थानमा छ । हैदराबाद ३ खेलबाट २ जितसहित ४ अंक बटुलेर तेस्रो स्थानमा छ । यो खेलमा दिल्लीले फराकिलो जित पाए ६ अंकसहित शीर्ष स्थानमा पुग्नेछ ।
४ खेलबाट ६ अंकसहित किंगस ११ पञ्जाब पहिलो तथा समान अंकबाट चेन्नई सुपर किंगस दोस्रो स्थानमा छ ।
आफूलाई सशक्त खेलबाट अगाडि बढाएका सन्दीप टी–२० मा विभिन्न कीर्तिमान रच्दै गइरहेका छन् ।