आज सन्दीप लामिछानेको खेल छ, कीर्तिमान फराकिलो पार्ने मौका
प्रकाशित २०७५ चैत २१ बिहिबार
834
Shares
काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएलमा स्पिन बलरले हासिल गरेको सफलतामा अगाडि देखिएका नेपाली क्रिकेटका ढुकढुकी सन्दीप लामिछानेले बिहीबार तेस्रो खेल खेल्दैछन् ।
सन्दीपको टिम दिल्ली क्यापिटल्सले बिहीबार राति ८ः१५ बजे घरेलु मैदान दिल्लीमा सनराइजर्स हैदराबादसंग खेल्दैछ ।
दिल्लीले ४ खेलबाट २ जितसहित ४ अंक बटुलेको छ र पाँचौं स्थानमा छ । हैदराबाद ३ खेलबाट २ जितसहित ४ अंक बटुलेर तेस्रो स्थानमा छ । यो खेलमा दिल्लीले फराकिलो जित पाए ६ अंकसहित शीर्ष स्थानमा पुग्नेछ ।
४ खेलबाट ६ अंकसहित किंगस ११ पञ्जाब पहिलो तथा समान अंकबाट चेन्नई सुपर किंगस दोस्रो स्थानमा छ ।
बिहीबार रातिको यो खेल सन्दीप लामिछानेका लागि पनि महत्वपूर्ण छ । उनले जारी १२ औं संस्करणमा तेस्रो खेल खेल्दैछन् ।
अघिल्लो वर्ष अन्तिम तीन खेल खेलेका सन्दीपले यसपटक भने सुरुका दुई खेलपछि नै खेल्ने अवसर पाए ।