नेयमार दर्शकदीर्घामा र एम्बाप्पेले पेनाल्टी मिस गरेको खेलमा पिएसजी पुग्यो फाइनलमा
प्रकाशित २०७५ चैत २१ बिहिबार
432
Shares
काठमाडौं । रसिया विश्वकप फुटबलका हिरो केलियन एम्बाप्पेले मिश्रित प्रदर्शन गरेको खेलमा जित पाउँदै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी फ्रेन्च कप अर्थात् कोप डे फ्रान्सको फाइनलमा पुगेको छ ।
घरेलु मैदानमा खेलेको पिएसजीले नान्टेसलाई ३–० गोल अन्तरले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।
मार्को भेर्राट्टीले २९ औं मिनेटमा पहिलो गोल गरे ।
एम्बाप्पेले पेनाल्टी मिस गरे । ६६ औं मिनेटमा पाएको पेनाल्टीलाई गोल गर्न सकेनन् ।