-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । स्पेनिश फुटबल क्लब रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानको खराव यात्रा सुरु भएको छ ।

ला लिगा फुटबलमा उपाधि दाबेदार क्लब रियाल पराजित भएको छ । बुधबार राति भएको खेलमा रियाल भ्यालेन्सियासंग २–१ गोल अन्तरले पराजित भएको हो ।

भ्यालेन्सियालाई घरेलु मैदानमा जित दिलाउन गोनकालो गुएडेस र इजिकुइएल गारेले १–१ गोल गरे । रियालका लागि करिम बेन्जेमाले १ गोल फर्काए ।

जिदानले पुनः रियाल सम्हालेपछिको पहिलो हार हो । रियालले लिगमा खराव प्रदर्शन गरेपछि भएका प्रशिक्षकलाई हटाएर जिदानलाई क्लबले लिएको थियो ।

रियालको लिगमा नवौं हार हो । बुधबारको खेलपछि रियाल ५७ अंकसहित तेस्रो स्थानमै छ । लिग लिडर बार्सिलोनाको ७० अंक छ भने एथलेटिको मड्रिडको ६२ अंक छ ।
बुधबार रातिका अन्य खेलमा आइबरले राए भाएकानोलाई २–१ ले हरायो । हुएस्काले सेल्टाभिगोसंग ३–३ गोलको बराबरी खेल्यो ।