arrow

चैत्र १३ गते नेपाली कांग्रेसको धनुषामा बिशाल आमसभा

logo
निरंजन कुमार साह,
प्रकाशित २०७५ चैत १२ मंगलबार

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाले आउंदो चैत्र १३ गते धनुषाको  शहिदनगर नगरपालिका वडा नम्बर १ बलाबाखरमा बिशाल आमसभाको आयोजना गर्ने भएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी हुने आम सभाको तयारी तिव्र रुपमा भईरहेको नेपाली कांग्रेस धनुषा सभापति महेशशंकर गिरीले बताए । आमसभामा  नेपाली कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य रामकृष्ण यादव , महेन्द्र यादव , आनन्द ढुंगाना लगायतका नेताहरु सहभागी हुनेछन ।

आमसभामा २० हजारभन्दा बढिको सहभागिता रहने नेपाली कांग्रेस धनुषा सचिव विशेश्वर यादवले जानकारी दिएका हुन् । कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको र सरकार बहुमतको आडमा शक्ति केन्द्रीकरण गर्न अग्रसर भएकाले विरोधमा आम सभा हुने धनुषाको सभापति महेशसंकर  गिरीले बताए।

सोही दिन शहिदनगर वडा नम्बर १ बलाबाखर स्थित शहिद रामसेबक यादव (खलिफा) को शालिक अनावरण समेत गरिने जनाईएको हो ।  यादवको माओवादी जनयुद्ध कालमा २०५८ साल चैत १६ गते होली पर्वको दिन राती गोली  हानी हत्या गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ