arrow

युरोकप छनोटमा स्पेन, इटाली र स्वीडेन विजयी, आठ खेलमा मात्र १९ गोल

logo
हाम्रा कुरा
प्रकाशित २०७५ चैत १० आइतबार
italy4.jpg

काठमाडौं । युरोकप छनोट फुटबलमा शनिबार राति आठ खेल भएका छन् । ती खेलहरुमा दावेदार टिम विजयी भएका छन् । 

आठ खेलमा १९ गोलमात्र भएको छ । दुई भन्दा बढी कसैले गोल गर्न सकेनन् । २–१ र २–० को नतिजा नै बढी छ । 

Joshua King brought Norway back into the match during the second half with a good penalty

समुह डी को खेलमा स्वीटजरल्याण्डले जर्जियालाई २–० ले हरायो । स्टेभन जुबेर र डेनिस जाकारियाले गोल गरे । 

आयरल्याण्डले भने जेफ हेन्रिकको गोलमा जिब्राल्टारलाई १–० ले हरायो । 

Roberto Mancini's side launched their Euro 2020 qualifying campaign with solid win

समूह एफ को खेलमा माल्टाले फारोइ आइल्याण्डलाई २–१ ले हरायो । त्यस्तै स्वीडेनले रोमानियालाई २–१ ले हरायो । 

Marco Asensio of Spain tries a clever flick to score a goal as Havard Nordtveit tries to block

रोबिन क्विसन र भिक्टर क्लासनले १–१ गोल गरे । रोमानियाका केसेरुले सान्त्वना गोल फर्काए । 

सोही समूहको स्पेनले नर्वेमाथि २–१ को जित निकाल्न सफल भयो । यो समूहका सबै खेल २–१ को नतिजामै सकिए । रोड्रिगो र सर्जियो रामोसले टिमका लागि गोल गरे । 

It was Rodrigo who got the first goal of the match for Spain against Norway in Euro qualifiers

नर्वेका जोसुवा किंगले गोल गरे । 

समूह जे को खेलमा इटालीले फिनल्याण्डलाई २–० ले पराजित गर्यो । २०१८ को विश्वकपमै नछानिएको इटालीलाई जित दिलाउन निकोलो बारेल्ला र मोइस किनले गोल गरे । 

Cagliari midfielder Nicolo Barella put Italy ahead in the seventh minute on Saturday night

समूहका अन्य खेलमा ग्रीसले लेचटेन्सटेनलाई २–० ले तथा बोस्निया हन्ड हर्जगोृबिनाले अर्मेनियालाई २–१ ले हरायो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ