पुलवामा आक्रमणलाई प्रधानमन्त्रीले राजनीतिकरण गरेको राहुल गान्धीको आरोप
एएनआई,
प्रकाशित २०७५ फागुन २३ बिहिबार
419
Shares
कङ्ग्रा, भारत। भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले पुलवामामा भएको आतङ्कवादी आक्रमणलाई प्रधानमन्त्री नरेन्द्र मोदीले अति राजनीतिकरण गरेको आरोप लगाएका छन्।
“हामीले त्यसलाई कुनै राजनीतिकरण गरेका छैनौँ, घटना लगत्तै हामीले पत्रकार सम्मेलन नै गरेर यस विषयमा सुरक्षा निकाय र सरकारलाई सहयोग गर्ने बताएका थियौँ, तर दुर्भाग्य सरकारले भने त्यस विषयलाई राजनीतिकरण गर्यो” गान्धीले भने।
उनले प्रतिपक्षी दल काँग्रेस र अन्य दलहरुले सरकारप्रति देखाएको एक्वबद्धतालाई सरकारले दुरुपयोग गरेको टिप्पणी पनि गरे। आउँदो आम निर्वाचनलाई लक्षित गरेर आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले देशका लागि जीवन अर्पण गरेका आफ्नो पार्टीका नेताहरु देशका लागि सहिद बन्न पनि तयार रहेको बताए।