भारतको निर्वाचनले आईपीएल क्रिकेट प्रभावित हुनसक्ने
प्रकाशित २०७५ फागुन ७ मंगलबार
185
Shares
काठमाडौं। भारतमा हुन गईरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतीय क्रिकेट बोर्डले आईपीएल (ईण्डियन प्रिमियर लिग)को पहिलो २ हप्ताको तालिका मात्र सार्वजनिक गरेको छ।
उक्त तालिकामा नि हेरफेर हुन सक्ने क्रिकेट बोर्डले जनाएको छ। भारतको लोकसभाको मिती सार्वजनिक भएपछि मात्र नयाँ खेल तालिका निकाल्ने बोर्डले जनाएको छ।
सार्वजनिक तालिका अनुसार पहिलो खेल महेन्द्र सिंह धोनीको चेन्नई र बिराट कोहलीको चेन्नई बिच हुनेछ । सार्वजनिक तालिका अनुसार २३ मार्च (चैत ९) देखि अप्रिल ५ (चैत २२) सम्म पहिलो दुई हप्तामा कुल १७ खेल हुनेछन्।
उक्त तालिका अनुसार दिल्ली र बेंगलोरले ५-५ खेल खेल्ने छन् भने बाँकी टोलीले ४-४ खेल मात्र खेल्ने छन्। कोलकाता, मोहाली, जयपुर, दिल्ली, मुम्बई, चेन्नई, बेंगलोर र हैदराबाद मा खेल हुनेछन्।
भारतमा लोकसभा निर्वाचन मई २०१९मा हुने संभावनाका आधारमा उक्त तालिका सार्वजनिक गरिएको हो ।