arrow

नेपाली महिला फुटबलको ‘गुड फ्राइडे’

हिरो गोल्डकपको उपाधिका लागि म्यानमारसंग खेल्दै 

logo
प्रकाशित २०७५ फागुन ३ शुक्रबार
nepali-football-team-women.jpg

काठमाडौं । भारतमा जारी हिरो महिला गोल्डकप फुटबलको उपाधिका लागि शुक्रबार साँझ नेपाल र म्यानमार खेल्दै छन् । खेल साँझ ६ः१५ बजे सुरु हुनेछ । 

नेपालका लागि यो खेल ऐतिहासिक हो । नेपालले आफूभन्दा माथिका राष्ट्रहरुसंग योपटक मात्रै ठूलो सफलता हासिल गरिरहँदा म्यानमारमाथि पनि समूह चरणमा हारेको हारको बदलासहित इतिहास रच्ने अपेक्षा गरिएको छ । 

पहिलो खेलमा नेपाल म्यानमारसँग ३–० ले पराजित भएको थियो । म्यानमार सत्प्रतिशत नतिजा निकाल्दै फाइनलमा पुगेको हो भने नेपाल दुई खेल जितेर फाइनलमा पुगेको हो । 

नेपालको फाइनल यात्रा कम रोचक छैन । नेपालले फिफा वरियताको ४४ औैं स्थानको म्यानमारसंग पहिलो हार बेहोरे पनि त्यसपछि अहिलेसम्म यो उमेर समुहमा हराउन नसकेको भारतलाई उसकै भुमिमा २–१ ले हरायो । भारत ६२ औं वरियतामा रहँदा नेपाल १०६ वरियतामा छ । 

नेपालले अर्को सफलता ६० औं स्थानको इरानसंग पनि हासिल गर्यो । इरान नेपालसंग ३–० ले पराजित भयो । 

साफ च्याम्पियनसिप आयोजनाको तयारी गरिरहेको नेपालले साफको अभ्यासका लागि आफूभन्दा धेरै माथिका बरियताका राष्ट्रहरुसंग खेलिरहँदा ठूलो सफलता चुमिरहेको छ । 

अब म्यानमार माथि पनि जित पायो भने नेपालले शुक्रबारको दिन ‘गुड फ्राइडे’ मा परिणत हुने थियो । 

प्रशिक्षक हरि खड्का निकै उत्साही छन् । उनले आफूले खेलेर भारतलाई हराउन नसकेकामा प्रशिक्षकको रुपमा हटाउन पाउनुलाई ठूलै उपलब्धि भनेका छन् । 

यसपटक महिला टिमले देखाएको प्रदर्शनले शीर ठाडो बनाएको उनको तर्क छ । ६० औं वरियताको टिम सम्मलाई हराएपछि पहिलो खेलमा खेलेर म्यानमारको कमीकमजोरीको मुल्यांकनसमेत गरिसकेको नेपालले शुक्रबारको खेललाई सफलतामा लैजाने आशा कायमै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ