जीपी कोइराला फाउण्डेसन वीरगञ्जमा पनि, ३ कोइरालाले ४ गते उद्घाटन गर्दै
प्रकाशित २०७५ माघ २७ आइतबार
292
Shares
काठमाडौं। जीपी कोइराला फाउण्डेसनले पर्सा बीरगञ्जमा आफ्नो शाखा खोलेको छ। आईतबार मोहम्मद शहाबुद्धीनको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा जयमंगल कापर, सचिवमा सरोज चौरसिया, सहसचिवमा मिन्टुदेवी सिंह र कोषाध्यक्षमा मनोहर कुमार साह रहेका छन् । कार्यसमिति गठनसँगै स्थापना भएको कार्यालयको कांग्रेस नेताहरु शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यतालिका छ ।
सदस्यहरुमा हरिन्द्र यादव, रविन्द्र ठाकुर, मनोज राउत कुर्मी, जितेन्द्र सिंह र धिरज गुप्ता रहेका छन् । कार्यसमितिले ८ जनालाई कार्यसमितिको सल्लाहकार राख्ने निर्णय समेत गरेको छ।
सल्लाहकारहरुमा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु रमेश रिजाल, अजय कुमार चौरसिया, पूर्व केन्द्रीय सदस्य, सुरेन्द्र प्रसाद चौधरी, पूर्व जिल्ला सभापति राजेन्द्र बहादुर अमात्य, काँग्रेस जिल्ला सभापति अजयकुमार द्वीवेदी, प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा, अनिल संग्रौला र डा हरेराम ठाकुर रहेका छन् ।
समितिले दिपेन्द्र चौहान, रितेश त्रिपाठी, शेखर छत्कुली, रामनारायण कुर्मी, क्रान्ति शाह र श्रीराम रायमाझीलाई प्रेस सल्लाहकार र मोहम्मद नौ साद, अजय श्रीवास्तव शैलेन्द्र चौरसिया र ध्रुवदेव प्रसाद कुर्मीलाई कानूनी सल्लाहकार राख्ने निर्णय पनि गरिएको छ ।