arrow

प्रदेशलाई प्राविधिक शिक्षाको हव बनाउने योजनामा मुख्यमन्त्री राउत

logo
राखी साह,
प्रकाशित २०७५ माघ २३ बुधबार
cm-rauth.jpg

जनकपुरधाम। प्रदेश नम्बर दुई दुई का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले अगामी आर्थिक वर्ष भित्र प्रत्येक पालिकामा एक एक प्राविधिक शिक्षालयको स्थापना गरिने बताए। 

प्याब्सन प्रदेश अधिवेशनको बुधबार महोत्तरी को वर्दिबासमा उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशलाईनै प्राविधिक शिक्षाको हव बनाउने योजना अनुरुप प्रत्येक पालिकामा एक एक प्राविधिक शिक्षालय स्थापना गरिने तर्क राखे।

उच्च शिक्षा प्रदेश सरकारको मातहत हुने स्पष्ट व्यवस्था रहेपनि संघीय सरकारले सिटीईभिटीलाई प्रदेशलाई हस्तान्तरण गर्न आनाकानी गरि रहेको गुनासो गर्नु हुँदै मुख्यमन्त्री राउतले भने  संविधानले प्रदत गरेको अधिकार प्रयोग गर्न हामीलाई कसैले रोक्न सक्दैन तर्क राखे। 

प्राविधिक शिक्षा सम्बन्धि ऐन हामीले तयार गरि सकेका छौ, एक साता भित्र प्रदेश सभामा जान्छ।’ ऐन पारित भए लगतै प्राविधिक शिक्षालय स्थापनाको क्रम शुरु हुने मुख्यमन्त्री राउत को भनाइ थियो। 

सम्बन्धित निकायको अस्पष्ट नीतिकै कारण मुलुकले शिक्षा लगायतको क्षेत्रमा प्रगति गर्न नसकेको बोल्दै  मुख्यमन्त्री राउतले  प्रदेश सरकार अव त्यस्तो हुन दिने उल्लेख गरे। 

संस्थागत विद्यालयले मुलुकको शिक्षा क्षेत्रमा ठूलो योगदान दिएको बोल्दै मुख्यमन्त्री राउतले  नयाँ नीति संस्थागत विद्यालयलाई धाराशायी गर्ने नभई व्यवस्थित गर्ने खालको हुनु पर्ने बताए।

प्याब्सन प्रदेशनम्बर दुईका अध्यक्ष मुरारी प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य शारदा थापा, प्याब्सनका केन्द्रिय अध्यक्ष विजय सुम्वाहाम्फे, केन्द्रिय पदाधिकारीहरु, नेपाली सेना तथा सशस्त्र प्रहरीका प्रदेश स्थित प्रमुख लगायतको उपस्थिति रहेको थियो। प्रदेश अधिवेशनले अगामी दुई वर्षे कार्यकालको लागि नयाँ कार्य समिति चयन गर्ने छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ