सिमकोट विमानस्थलमा हवाई उडान अवरुद्ध, हिउँ पन्छाउन थालियो
प्रकाशित २०७५ माघ १४ सोमबार
571
Shares
हुम्ला । हुम्लामा हिमपातपछि सिमकोट विमानस्थलमा हवाई उडान अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सिमकोट विमानस्थलको हिउँ पन्छाउने थालिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार हवाईसेवा बन्द हुँदा बिरामी तथा अत्यावश्यक कामका लागि जिल्ला बाहिर जानेलाई समस्या भएकाले हिउँ फाल्ने कार्यलाई निरन्तरता दिइएको हो।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, पर्यटक लगायतले हिउँ पन्छाउन थालेका छन् । हवाईसेवा बन्द हुँदा जिल्लामा दैनिक उभोग्य सामानको अभाव भएको छ।