काठमाडौं । डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी इएफएल वा लिग कप वा काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कमजोर टिम बुर्टनमाथि १०–० को जितसहित सिटी फाइनलमा पुगेको हो ।
सेमिफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा सिटी १–० ले विजयी भयो । पहिलो लेगमा भने सिटी ९–० ले विजयी भएको थियो ।
बुधबार राति अवे मैदानमा सिटीलाई २६ औँ मिनेटमा सर्जियो अग्युरोले गरेको गोल नै निर्णायक बन्यो ।
उपाधिका लागि सिटीले आउँदो फेब्रुअरी २४ मा अर्को सेमिफाइनलको विजेतासंग खेल्नेछ ।
सिटीको प्रतिस्पर्धी चेल्सी वा टोटनह्याम हट्सपर हुनेछ । पहिलो लेगमा घरेलु मैदानमा टोटनह्याम १–० ले विजयी भएको थियो ।
बिहीबार रातिको दोस्रो लेगको खेल चेल्सीको मैदानमा हुनेछ ।