arrow

प्रदेश दुईको सरकारले मनायो बलिदान दिवस

logo
निरंजन साह,
प्रकाशित २०७५ माघ ६ आइतबार
balidani-diwas.jpg

जनकपुरधाम । माघ ५ गते अर्थात मधेश विद्रोहका शहीदहरुको सम्झना मनाइने बलिदान दिवस यस वर्ष प्रदेश नम्बर दुईको सरकारले भव्याताका साथ मनाइएको छ । मधेश विद्रोहका प्रथम शहीद रमेश महतोले शहादत दिएको दिन माघ ५ गते सरकारले बलिदान दिवसको रुपमा मनाउने घोषणा गरे अनुरुप सिरहाको लहानमा भव्य कार्यक्रमको आयोजना गरेर मनाएका छन ।

१२ औ बलिदान दिवसको अवसरमा आयोजित सो  कार्यक्रममा प्रदेश सरकारले मधेश विद्रोहका ४६ जना शहीद परिवारलाई रोजागारी पत्र समेत प्रदान गरेको हो । प्रदेश सरकारको पहिलो मन्त्रि परिषदको बैठले शहीद परिवारलाई रोजगारी दिने घोषणा गरे अनुरुप बलिदानी दिवसको अवसर पारेर मुख्यमन्त्री मोहम्मद  लालबाबु राउतले उनिहरुलाई रोजगारी पत्र प्रदान गरेका हुन् ।

त्यसै गरि प्रदेश सरकारले मधेश आन्दोलनको क्रममा सक्त घाइते भएकाहरुलाई राहत समेत उपलब्ध गराएको हो । ७७ जना सक्त घाइतेहरुको उनिहरुको अवस्था हेरी २५ हजार देखी ३ लाख सम्मको चेक हस्तान्तरण गरिएको छ । शहीद परिवार तथा घाइतेहरुलाई उप्रप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले दोसल्ला र सम्मान पत्रका साथ सम्मान समेत गरे ।

कार्यक्रममा उप्रधानमन्त्री यादवले मधेशी जनताले गरेको बलिदानीकै कारण मुलुक अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको र मधेशीहरु मुलुकमा मात्र नभई विश्वभरिमै आफनो पहिचान स्थापित गरेको तर्क राखे ।  शहीदहरुको बलिदानी र घाइतेहरुको परिश्रमलाई आफुहरु कहिले पनि विर्सन नसक्ने बोल्दै उनले अब प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै थप अधिकारको लागि संघर्ष गर्ने जिम्मेवारी आफुहरुको काँधमा रहेको बताए ।

उपप्रधानमन्त्री यादवले संविधान संशोधनको विकल्प नरहेको जिकिर गर्दै कार्यदल बनाएर संविधानमा रहेको त्रुटीहरुलाई एकमुष्ट संशोधनको प्रक्रिया अघि बढाउन आग्रह समेत गरे ।

कार्यक्रममा मुख्यमन्त्री राउतले शहीदको बलिदानीकै कारण आज प्रदेश नम्बर दुई मा मधेशी जनताको सरकार स्थापित भएको उल्लेख गर्नु हुँदै प्रदेश सरकार शहीद हरुको सपना साकार पार्न लागि परेको तर्क राखे । मधेश आन्दोलनको बलामा स्थापित संघीयतालाई कमजोर पार्ने काम भै रहेको तर्फ सचेत गराउनु हुँदै उहाँले त्यस्तो कार्य प्रदेश नम्बर दुईको जनता र प्रदेश सरकारलाई स्वीकार हुन नसक्ने चेतावनी दिए ।

प्रथम शहीद रमेश महतोको बुवाको अध्यक्षतामा सम्पन्नकार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र  प्रतिनिधि सभा सदस्य रेणु कुमारी यादवले आफुहरु आन्दोलनको बेलामा गरेको बाचा अक्षरसः पालना गर्ने तर्फ उन्मुख रहेको उल्लेख गरिन् ।
 
कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, बन उद्योग तथा पर्यटन मन्त्री राम नरेश राय, समाजिक विकास मन्त्री नवल किशोर साह, राज्यमन्त्रीहरु उषा यादव, योगेन्द्र यादव, सरोज सिंह कुशवाहा, अभिराम शर्मा, सुरेश मण्डल, प्रतिनिधि सभा सदस्य राम सहाय यादव, प्रमोद साह , प्रदेशसरकारका मुख्य सचिव लगायतको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ