इण्डो नेपाल आमन्त्रित खुल्ला भलिबल उट्घाटन खेलमा त्रिभुवन आर्मी बिजयी
सीता डोटेल,
प्रकाशित २०७५ माघ २ बुधबार
342
Shares
पाल्पा । पाल्पाको रामपुरमा शुरु भएको इण्डो नेपाल आमन्त्रित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेल त्रिभुवन आर्मी क्लबले जितेको छ । दोस्रो रामपुर महोत्सबमा आयोजित भलिबल खेलको उद्घाटनमा त्रिभुवन आर्मी क्लब र तनहु भलिवल संघ बिच भएकोमा ३-० को सोझो सेटले त्रिभुवन आर्मी क्लब बिजयी भएको हो । खेलको पहिलो दोस्रो र तेस्रो सेटमा क्रमशः २१-२५,१३-२५ र १६-२५ सेटले जित हात पारेको रामपुर भलिबल संघका अध्यक्ष कमल खाणले बताए ।
मेलाको मुख्य आकर्षणको रुपमा रहेको भलिबल खेलको उद्घाटन गर्दै रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक भोजेन्द्र प्रकाश ढकालले कालीगण्डकी उपत्यकाको बिकास र पर्यटन प्रवर्द्धनका लागि मेला आयोजना गरिएको बताए । उनले नेपालका प्रख्यात खेलाडिको उपस्तिथिमा खेल आयोजना गरि यश क्षेत्रमा खेलकुदको बिकास गराउन इण्डो नेपाल आमन्त्रित भलिबल प्रतियोगिता सफल हुने बताए ।
खेल संयोजक शंकर बहादुर खाणको स्वागतबाट शुरु भएको कार्यक्रममा रामपुर नगरपालिकाका नगर उपप्रमुख बिष्णुदेवी आचार्य घिमिरेले खेलले मर्यादित त आपसी सम्बन्धलाई बढाउने बताए ।
प्रतियोगितामा नेपाल र भारतका गरि ७ टिमको सहभागीता रहेको छ । प्रतियोगितामा भारतका देवरिया भलिबल क्लव, लखनउ भलिबल क्लव, नेपालबाट त्रिभुवन आर्मी क्लव, मणि मुकुन्द भलिबल क्लव रुपन्देही, स्याङ्जाको चापाकोट, तनहुँ र रामपुर भलिबल संघको सहभागीता रहेको छ ।
रामपुर उद्योग वाणिज्य संघको मुख्य आयोजना, रामपुर भलिबल संघको आयोजना र नगर खेलकुद विकास समितिको समन्वयमा भएको भलिबल प्रतियोगिताका बिजयी प्रथम, द्वितिय र तृतिय हुने टिमले क्रमशः नगद १ लाख ५० हजार रुपैयाँ , १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । भोलि पहिलो खेल पाल्पा भलिबल संघ र भारतको देवरिया भलिबल क्लबबिच हुने खेल संयोजक खाणले बताए ।