खर्वाङ्गदेखि काठमाडौंसम्म सिधा माइक्रो बस सेवा सुरु
कौरव खत्री,
प्रकाशित २०७५ माघ २ बुधबार
510
Shares
गुल्मी । बालुङ्गको खर्वाङ्गदेखि काठमाडौंसम्म दैनिक दिवा सेवाको माइक्रो हाइस बस सेवा मंगलबारदेखि सुरु भएको छ ।
बडिगाड गाँउपालिका २ खर्वाङ्गबजारदेखि काठमाडौंसम्मका लागि दैनिक रुपमा विहान साढे सात बजे दैनिक एउटा माइक्रो हाइस बस सेवा संञ्चालनमा आएको माइक्रो हाइस बस खर्वाङ्ग काउन्टर इन्चार्ज डिल श्रीसले जानकारी दिए ।
बस काउन्टरका इन्चार्ज श्रीसले भने जनतालाई प्रभावकारी सेवा दिनका लागि आजदेखि नियमित रुपमा खर्वाङ्गदेखि नै दैनिक काठमाडौंसम्मका लागि माइक्रो हाइस बस सेवा संञ्चालन आएको हो ।
खर्वाङ्गदेखि काठमाडौंसम्मका लागि दिवा सेवामा माइक्रो हाइस बस सेवा संञ्चालनमा आउन थालेपछि स्थानीयहरु निकै हर्षित भएका छन् ।