थाइल्याण्डलाई हराएर सनसनी मच्याएको भारत समूह चरणबाटै बाहिरियो
प्रकाशित २०७५ माघ १ मंगलबार
192
Shares
काठमाडौं । भारत एसिया कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा सोमबार राति बहराइनसंग १–० ले पराजित भएपछि भारतको यात्रा समाप्त भएको हो ।
९० मिनेटसम्म बहराइनलाई गोलरहित बराबरीमा रोकेको भारतले इन्जुरी समयको दोस्रो मिनेटमा पेनाल्टी गोल खायो ।
बहराइनलाई बराबरीमा रोकेको भए भारत थाइल्याण्डलाई गोलअन्तरमा पछि पार्दै नकआउट चरणमा पुग्ने थियो । यसै समूहको अर्को खेलमा थाइल्याण्ड र घरेलु यूएईले १–१ गोलको बराबरीमा अंक बाँडेका छन् ।
यूएई पाँच अंक बटुल्दै समूहको विजेता बन्यो भने थाइल्याण्ड र बहराइनको चार–चार अंक भयो । भारतको भने तीन अंक मात्र रह्यो ।
४७ वर्षको करियरमा भारत अहिलेसम्म नकआउट चरणमा पुग्न पाएको छैन । थाइल्याण्डमाथि ४–१ को जित हासिल गर्दा भारतले यसपटक त्यो लक्ष्य पार गर्ने आँकडा थियो ।
सुनील क्षेत्रीले भने कीर्तिमानी बराबरी गरेका छन् । उनले १०७ खेल खेल्दै अर्का चर्चित भारतीय फुटबल लिजेन्ड भाइचुङ भुटियाको बराबरी गरेका छन् ।