arrow

१० औ फाल्गुनन्द गोल्डकपको उपाधि झापा ११ को पोल्टामा

logo
जितेन्द्र भण्डार,
प्रकाशित २०७५ पुष ३० सोमबार
falgunanda-football.jpg

पाँचथर । झापा ११ ले पाँचथरको फिदिममा सम्पन्न १० औ अन्र्तराष्ट्रिय फाल्गुनन्द गोल्डकपको उपाधि हत्याएको छ । आज भएको फाइनल खेलमा विभागिय टिम त्रिभुवन आर्मी क्लवलाई २–१ गोल अन्तरले पराजित गर्दे उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

उपाधि सँगै झापाले नगद ४ लाख रुपैया हात पारेको छ भने उपविजेता बनेको आर्मीले भने २ लाख रुपैयामा चित्त बुझाएको छ । झापालाई जिताउन पुजन उपरकोटी एक्लैले खेलको २३ औ र ८३ औ मिटेमा गोल गरेका थिए । जवाफमा आर्मीका तर्फबाट राजीव गुरुङले खेलको ७२ औ मिनेटमा सान्तवना मार्फत एक गोल फर्काएका थिए ।

प्रतियोगिमा सर्वोत्कृष्ट खेलाडी झापाका दिलेन लोक्ताम भए । उनले यमाहको १ सय २५ सिसीको मोटरबाइक प्राप्त गरे । यस्तै आजको खेलमा उत्कृष्ट पर्दशन गरेका आर्मीका राजीव गुरुङ म्यान अफ दि म्याच घोषित भए । यस्तै हाइस्कोरर झापाका कर्ण लिम्बू भए ।

बेस्ट फरवाड झापाका दिलेन लोक्ताम, बेस्ट मिड फिल्डर झापाकै पुजन उपरकोटी, बेस्ट डिफेन्स आर्मीका युद्ध साही घोषित भए । यस्तै राइजिङ प्लेयर आयोजक फिदिम स्पोटिङ क्लवका प्रविन जवेगु भए भने बेस्ट कोच झापाका प्रवेश कटुवाल भए । गत पौष २१ गते बाट शुरु भएको फुटवल प्रतियोगितामा १० टिमको सहभागिता रहेको आयोजक फिदिम स्पोटिङ क्लवका अध्यक्ष बिमल श्रेष्ठले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ