arrow

यो श्रापको कारण विश्वमा केवल एउटामात्र छ ब्रह्माको मन्दिर

logo
प्रकाशित २०७५ पुष ३० सोमबार
brahma.jpg

काठमाडौं । ब्रह्मालाई यो संसारको रचनाकार मानिन्छ तर पनि संसारमा उनको केवल एउटामात्र मन्दिर छ । जबकी अन्य देवीदेवताको कैयौं मन्दिरहरु छन् । यसको कारण ब्रह्माकी पत्नी साबित्रीको श्राप हो । जसको कारण भारतको राजस्थानमा रहेको पुष्करमा एकमात्र ब्रह्माको मन्दिर रहेको छ ।

पद्म पुराणअनुसार पृथ्वीमा वज्रनाश नामक एक राक्षसले उत्पात मच्चाइरहेको थियो । उसको बढ्दो अत्याचारको कारण उनलाई ब्रह्माले मारेका थिए । तर, उक्त राक्षसलाई मार्ने क्रममा उनको हातबाट तीन स्थानमा कमलको फूल झरेको थियो । जहाँ सुन्दर तलाऊ बनेका थिए । यो घटनापछि सो ठाउँको नाम पुष्कर राखियो र ब्रह्माले संसारले गरेको राम्रो कामको लागि एक यज्ञको फैसला गरियो । यज्ञ गर्न ब्रह्मा पनि पुष्करमा आए तर साबित्री भने समयमा उक्र यज्ञमा पुग्न सकिनन् । यज्ञ पूर्ण गर्न ब्रह्माको साथमा उनकी पत्नी पनि हुनु जरुरी थियो । त्यसपछि ब्रह्माले गुर्जर समुदायकी एक कन्या ‘गायत्री’सँग विवाह गरेर यो यज्ञ शुरु गरेका थिए ।

त्यसैबीच साबित्री त्यहाँ पुगिन् र ब्रह्माको साथमा अर्की पत्नी देखेर क्रोधित भएर देवता भएर पनि पूजा नहुने श्राप दिइन् । साबित्रीको यो रुप देखेर डराएका सबै देवताले रिस शान्त गर्न आग्रह गरेका थिए । रिस केही शान्त भएपछि उनले यो पृथ्वीको केवल पुष्करमा मात्र ब्रह्माको पूजा हुने बताएकी थिइन् । यो काममा विष्णुले पनि सहयोग गरेको कारणले उनले विष्णुलाई पनि पत्नीसँग विरहको कष्ट सहनुपर्ने श्राप दिएकी थिइन् । जसको कारण रामको रुपमा उनले १४ वर्षको वनवासको क्रममा पत्नीसँग अलग हुनुपरेको थियो ।

पुष्करमा अहिले साबित्रीको पनि मन्दिर रहेको छ तर यो मन्दिर ब्रह्माको नजिक नभएर ब्रह्माको मन्दिर पछाडि रहेको एक पहाडमा छ । जहाँ पुग्न सयौं सिँढी चढ्नुपर्छ । कार्तिक शुक्ल पूर्णिमाको दिन पुष्कर मेला लाग्ने गरेको छ । मेलाको क्रममा ब्रह्माको मन्दिरमा हजारौं संख्यामा मानिसहरु पुग्ने गरेका छन् । यो दिन ब्रह्माको पूजा गरे विशेष फल पाइने विश्वास रहीआएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ