arrow

म्यानचेस्टर युनाइटेडको जादू, लगातार छैटौँ जित

logo
प्रकाशित २०७५ पुष ३० सोमबार
man-utd5.jpg

काठमाडौं । मुख्य प्रशिक्षक जोजे मौरिन्हो बर्खास्तीमा परेपछि अन्तरिम प्रशिक्षक ओल गुनार सोल्सकेएरको प्रशिक्षणमा रहेको म्यानचेस्टर युनाइटेडले लगातार छैटौं जित हासिल गरेको छ । ओलको जादू चल्दा आधा दर्जन जित नियमित भएको हो । 

Solskjaer celebrates as his United side won their sixth game in succession

इंगलिश प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा ओलको टिमले टोटनह्याम हट्सपरलाई पराजित गरेको हो ।

Rashford has scored in three consecutive Premier League games for the first time

भ्रमण टोली युनाइटेडले टोटनह्यामलाई उसकै मैदानमा १–० ले हरायो । ४४ औँ मिनेटमा मार्कस रासफोर्डले गरेको गोल नै निर्णायक बन्यो ।

United defender Victor Lindelof made his 50th appearance for the club on Sunday

यस्तै युनाइटेडलाई जिताउनका लागि गोलरक्षक डेविड डी हेयाको महत्वपूर्ण भूमिका रह्यो । दोस्रो हाफमा टोटनह्यामले उत्कृष्ट प्रदर्शन गरेको थियो । गोलरक्षक डेविडले कुल ११ वटा सुन्दर बचाउ गरे ।

हारपछि उपाधि होडमा टोटनह्यामको सम्भावना कमजोर बनेको छ । तेस्रो स्थानको टोटनह्यामको २२ खेलबाट ४८ अंक छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५० अंक छ र शीर्षस्थानको लिभरपुलको २२ खेलबाट ५७ अंक छ ।

Harry Winks went for goal much more often against United than he usually does

छैटौँ स्थानको म्यानचेस्टर युनाइटेडको २२ खेलबाट ४१ अंक भएको छ । आइतबार राति नै भएको अर्को खेलमा एभर्टनले एएफसी बोर्नमाउथलाई २–० ले हरायो । जोउमा र लेविनले १–१ गोल गरे । 

सोमबार राति म्यान्चेस्टर सिटीले घरेलु मैदानमा २१ औं चरणको अन्तिम खेलमा वुल्भरह्याम्पटन वान्डेरर्ससंग खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ