काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा चेल्सी बिस्तारै लयमा फर्कन थालेको छ । चेल्सीले शनिबार रातिको खेलमा न्युकासल युनाइटेडमाथि २–१ गोल अन्तरको जित निकालेको छ ।
खेलको ९ मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।
४० औं मिनेटमा सियारन क्लार्कले गोल गर्दैै बराबरीमा ल्याए ।
५७ औं मिनेटमा विलियनले गोल गरे र चेल्सीलाई फेरि अग्रता दिलाए ।
त्यसपछि गोल भएन र चेल्सीले तीन अंक छिन्यो । जितपछि चेल्सी ४७ अंकसहित चौथो स्थानमा मजबुद भएको छ । पाँचौं स्थानको आर्सनलको ६ अंक कम छ ।