उपत्यकाभित्र माछापुच्छ्रे बैंकको १८औं शाखा कोटेश्वरमा
प्रकाशित २०७५ पुष २० शुक्रबार
443
Shares
काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले कोटेश्वर शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले पौष १८ गते काठमाडौं महानगरपालिका स्थित कोटेश्वर शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ।
उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक राम मान श्रेष्ठले गरेका थिए। नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ। बैंकले उक्त शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरीएको छ। यस सगैँ काठमाडौं उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १८ पुगेको छ।
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ८८ वटा शाखाहरु र ५१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १३९ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ। साथै, बैंकको देशभर १०८ वटा एटीएमहरु संचालनमा रहेको छ।