कैलालीको गोदावरीमा लाग्ने बाह्र राशि दर्शन मकर मेलाको तयारी तिव्र
देवानन्द न्यौपाने,
प्रकाशित २०७५ पुष १९ बिहिबार
901
Shares
अत्तरिया। कैलालीको गोदावरीमा लाग्ने बाह्र राशि दर्शन मकर मेलाको तयारी तिव्र पारिएको छ। आयोजक गोदावरी धाम समितीले आज धनगढीमा पत्रकार सम्मेलन गरि उक्त कुराको जानकारी दिएको हो ।
गोदाबरी धार्मिक स्थलमा सरसफाई ,बाटो निर्माण कार्य लगाएत अन्य तयारी शुरु गरिएको धामका अध्यक्ष पदमराज जोशीले जानकारी दिए। हरेक १२ बर्षमा कुम्भ मेला ,६ बर्षमा अर्ध कुम्भ र हरेक बर्ष मकर मेला लगाउने योजना रहेको जोशीको भनाई छ । कुम्भ मेलाको इतिहाँसमा प्रत्येक बर्षमा एक न एक १२ राशीमा कुम्भ मेलाको योग हुने किम्बदन्ती रहंदै आएको छ ।
अहिलेसम्म कुम्भ मेला ४ वटा भारतमा हुने र बाँकी ८ वटा देब लोकमा रहेको ईतिहासमा उल्लेख गरिएको छ । ८ वटा देब लोकमा रहेका कुम्भ मेला मध्य एउटा ४ बर्ष अगाडी गोदावरीमा लगाइएको कुम्भ मेला रहेको जोशीको दाबी छ । १२ दिन सम्म चल्ने मेला अवधिभर नव ग्रह शान्ति महा अनुष्ठान, विषेश पुजा तथा पाठ पारायण, लक्ष्य हवन, पितृकर्म लगायत आरती तथा भजन कृतन हुने छन । मेला अवधिभर सुदूरपश्चिम लगायत सिमावर्ती भारतका विभिन्न ठाउँहरुबाट लाखौ भक्तजनले दर्शन गर्ने अपेक्षा गरिएको छ ।
सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरी तेघरी घोषणा भएकोले पनि यस पटक अझै धेरै उत्साहाका साथ मकर मेला सम्पन्न हुने आयोजकको विश्वास रहेको छ । मकर मेला यहि पुस ३० गतेदेखी माघ १२ सम्म लाग्ने भएको छ । मकर मेला सम्पन्न गर्नको लागी बिभिन्न समितीहरु पनि बनाइएको छ । मेलाको सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले उदघाटन गर्ने कार्यक्रमको तय भएको छ । जोशीले उदघाटन सत्रमा सुदुरपश्चिम प्रदेशका मन्त्री सांसद,स्थानिय जन प्रतिनिधी सबैको सहभागीतामा रहने जानकारी दिए ।