arrow

रामचन्द्र पौडेलको प्रतिवद्धतापत्र: हाम्रो कांग्रेस, राम्रो कांग्रेस

logo
मेरो प्रतिवद्धता,
प्रकाशित २०७२ फागुन २० बिहिबार
ram-chandra-poudel.jpg.jpeg

काठामाडौं। कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले पार्टी सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पौडेलले उम्मेद्वारी घोषणा गरेका हुन्। यसै सन्दर्भमा उनीले 'हाम्रो कांग्रेस, राम्रो कांग्रेस' यसरी बनाउन सकिन्छ भनेर प्रतिवद्धता जाएर गरेका छन्।

अहिले हाम्रो पार्टी नेपाली कांग्रेस गम्भीर चुनौती सामु खडा छ र राजनीतिको मैदानमा कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने छ ।

नयाँ संविधान जारी गर्ने प्रसंग र नयाँ संविधान जारी भैसकेपछिको प्रसंगमा राष्ट्र सामु उपस्थित जटिल चुनौतीको सामना गरेर राष्ट्रलाई सुस्थिर गति दिने काम पनि अरु कसैले होइन, नेपाली कांग्रेसले नै गर्नुपर्ने छ ।


राष्ट्रिय राजनीतिमा व्यापक संगठनात्मक सञ्जाल, प्रखर सक्रियता र वाचालता भएका समूहहरुसंग प्रतिस्पर्धामा आफूलाई खरो उतार्न सक्नु पनि छ । आज यो दोहोरो चुनौती सामना गर्न कुनै आलटाल र कुनै जोड घटाउले काम चल्नेवाला छैन ।

तेह्रौं महाधिवेशनले नेपाली कांग्रेसलाई यी हाँकहरुलाई बुझ्ने, व्याख्या दिने र कार्यरुप दिने नेतृत्वकारी शक्तिको रुपमा उभ्याउनु पर्ने छ । आफ्ना चिन्तन, कर्म र क्रियाशीलताका आधारमा यी आवश्यकताको पूर्ति गर्ने अठोटकासाथ पार्टीको नेतृत्व लिन सभापति पदमा खडा भएको छु । मित्र राष्ट्रहरुमा सद्भाव जगाउने, राष्ट्रमा आत्मविश्वास पैदा गर्ने र जनतामा आशा जगाउने लक्ष्यतर्फ यात्रा अघि बढाएर नेपाली कांग्रेसलाई नवजीवन दिने दिशामा म प्रयत्नशील रहनेछु । म केवल पदका लागि मरिहत्ते गर्ने पदाकांक्षी हैन । म कामको लागि पद चाहन्छु । म काम गर्ने मान्छे हुुँ । मेरो अतितले त्यही भन्छ ।
अहिलेको सबभन्दा चिन्ताको अवस्था भनेको कांग्रेसभित्र बढ्दै रहेको गुटबन्दी र भागबण्डाको राजनीति नै हो जसले पार्टीलाई पक्षघात गराएको छ । म पार्टी गुटगत विभाजन विरुद्ध जीवनभर लड्दै आएको छु । सर्वप्रथम मेरो कदम पार्टीमा भागबण्डाको सट्टा मूल्याङ्कनको राजनीति सञ्चालन गर्नेतर्फ केन्द्रित रहनेछ । म पार्टी, लोकतन्त्र र राष्ट्रलाई जोखिममा राख्ने हैन । पार्टी, लोकतन्त्र र राष्ट्रका लागि सदैव आफूलाई जोखिममा राख्दै आएको व्यक्ति हुँ ।

नेपाल र नेपाली जनताको स्वतन्त्रता तथा देशमा प्रजातन्त्र स्थापनाका निम्ति मैले पनि धेरै रगत पसिना बगाएको छु । जननायक बीपी कोइरालाको आदर्शबाट अभिप्रेरित हुँदै र वि.सं. २०१७ मा राजाले प्रजातन्त्रको हत्या गरेपछि आक्रोशित हुँदै मुलुकमा जनताको शासन कायम नगर्दासम्म संघर्षरत रहने अठोटका साथ १६ वर्षको कलिलो उमेरदेखि नै नेपाली कांग्रेसको सक्रिय राजनीतिमा होमिएको थिएँ ।

सदनमा होस् या सरकारमा, सडकमा होस् या प्रतिपक्षमा, जहाँ रहे पनि नेपाली कांग्रेसको गरिमा वृद्धिमा निरन्तर क्रियाशील छु र रहने छु । जनताका अधिकार प्राप्तिका निमित्त संघर्षरत रहँदा पटक पटक गरी १५ वर्षको जेल जीवन बिताउँदा समेत धैर्य र साहसका साथ लड्दै आएको छु ।

स्वतन्त्रता र प्रजातन्त्र बिना जनताका सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक कुनै पनि अधिकारको संरक्षण तथा सम्बद्र्धन हुन सक्दैन भन्ने मान्यता बोक्दै आएको छु । अधिकांश जनता गरिबीको रेखामुनि रहेको नेपालको राजनीतिक कार्यक्रम तथा आर्थिक नीति तिनै जनतालाई माथि उकास्नेतर्फ लक्ष्यित हुनु पर्दछ भन्ने मेरो सोच छ । त्यसैले सामाजिक न्यायसहितको आर्थिक समृद्धि मेरो मूलमन्त्र बनेको छ । सुशासनका जगबाट उठेको कृषि क्रान्ति, पर्यटन विस्तार र ऊर्जा शक्तिको विकासलाई म नेपालमा समृद्धिको आधार मान्छु ।

नेपाली कांग्रेसको सुनौलो इतिहासको संरक्षण र उज्ज्वल भविष्यका लागि ठोस कार्यक्रमका साथ अघि बढ्नु पर्ने अहिलेको चुनौती हो । बीपी कोइरालाले प्रतिपादन गर्नु भएको प्रजातान्त्रिक समाजवादमा समयानुकुल विकास÷परिमार्जन गर्दै वैचारिक आन्दोलन अगाडि बढाउनु पर्ने छ । नयाँ संविधानले निर्दिष्ट गरेका परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गर्नुछ । त्यसका लागि सतत् क्रियाशील र सजग नेतृत्वको आवश्यकता पार्टीलाई छ । पार्टी, लोकतन्त्र र राष्ट्रको पक्षमा निरन्तर सोच्ने, बोल्ने र गर्ने कर्मठ नेतृत्व आजको आवश्यकता हो ।

यिनै कुराहरुको पूर्तिका लागि मैले यहाँहरु समक्ष सभापति पदका लागि उम्मेदवारी दिएको छु । मेरो पार्टी प्रतिको निष्ठा, जनताप्रतिको इमान्दारी र चारित्रिक स्वच्छतालाई हृदयङ्गम गर्दै आगामी कार्यकालका लागि पार्टी सभापतिको हैसियतले यहाँहरुका साथै सम्पूर्ण नेपाली जनताको सेवा गर्ने मौका दिनु हुनेछ भन्ने विश्वास लिएको छु । म पार्टी सभापति भएपछि कार्यान्वयन गर्ने केही कार्यक्रम र दृष्टिकोणहरु संक्षेपमा प्रस्तुत गर्दछु ।


राजनीतिक अवधारणा

नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रका माध्यमले समृद्ध मुलुक बनाउनु नै हाम्रो मुख्य ध्येय हो । विभिन्न विचारका थुप्रै पार्टीहरुको प्रभुत्व रहेका हाम्रो जस्तो सानो मुलुकमा सबै पार्टीहरुसंग सहकार्य र प्रतिस्पर्धाको सम्बन्ध कायम गर्दै सबै राजनीतिक दलहरुलाई व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठ्न अभिप्रेरित गर्दै नेतृत्वदायी भूमिका खेल्ने काम गर्नेछु ।

शदीयौँदेखि भाइचाराको सम्बन्ध राखेर हुर्किएका विभिन्न जातजाति, धर्म, सम्प्रदाय, संस्कृतिका जनतालाई नेपाल र नेपालीको समृद्धिमा एकजुट गराई कतै कुनै कोणबाट पनि विभक्त हुन नदिई हिमाल, पहाड र तराई–मधेसका बीचमा सुमधुर सम्बन्ध कायम हुने वातावरणको सिर्जना गर्नु पर्नेछ ।

एकात्मक केन्द्रीय राज्य व्यवस्थाबाट संघात्मक व्यवस्थामा पदार्पण गर्दै गर्दा केन्द्र र संघ, संघ र संघ तथा संघ र स्थानीय तहका बीचमा आइपर्ने समस्या, तिनको व्यवस्थापन र समाधान तथा आवश्यक कानून निर्माणमा नेपाली कांग्रेसले  नेतृत्वदायी भूमिका खेल्नेछ ।

परराष्ट्र नीतिका सम्बन्धमा

भूगोल, जनसंख्या र अर्थतन्त्रका आधारमा विश्वकै दुई ठूला उदियमान शक्ति भारत र चीनसंग असल छिमेकी र अन्य मित्रराष्ट्रहरुसंग समान दौत्य सम्बन्ध कायम गर्दै अगाडि बढ्नु नै नेपाली कांग्रेसको पराराष्ट्र सम्बन्धको मूल आधार हुनेछ । छिमेकीहरुसंग भौगोलिक यर्थाथलाई ध्यानमा राखी सम्बन्ध बिस्तार गरी शान्ति, स्थिरता, विकास र उन्नति हासिल गर्ने ध्येय हुनेछ ।  छिमेकको प्रगतिबाट यथेष्ट लाभ उठाउने काम गर्नेछु । सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, पञ्चशीलका सिद्धान्तका आधारमा नयाँ विश्व परिवेश अनुसार छिमेकी तथा अन्य मुलुकहरुसँग राष्ट्रिय हित सर्वोपरी गरी परराष्ट्र नीतिलाई समयानुकुल बनाइनेछ ।

संगठन सुदृढीकरण सम्बन्धमा

तेह्रौँ महाधिवेशनले पारित गरेका नीति र कार्यक्रमहरु कार्यान्वयनमा ल्याउनु मेरो प्रथम कर्तव्य हुनेछ ।

नयाँ संविधान अनुसार महिला प्रतिनिधित्वलाई समेत ध्यानमा राखी देशैभरि व्यापक र व्यवस्थित महिला नेतृत्व विकास कार्यक्रम सञ्चालन गराउने छु । त्यसरी नै आदिवासी जनजाति, दलित, मधेशी मुस्लिम, अल्पसंख्यक सहित पिछडिएको समुदायमा नेतृत्व विकास तालिमको व्यापक अभियान चलाउने छु ।

पार्टी केन्द्रदेखि गाउँ, नगर, वडासम्मका सबै निकायहरु र सबै भातृ तथा शुभेच्छुक संस्थालाई गतिशील र चलायमान गराउन नियमित बैठक सञ्चालन र नयाँ–नयाँ कार्यक्रमका आधारमा शतत् क्रियाशील गराउने छु ।

नेपाली कांग्रेसको कार्यालयमा संगठनका पदाधिकारी तथा सदस्यहरु नियमितरुपमा उपस्थित भई व्यवस्थित कार्यालय बनाउने र पार्टी सचिवालयलाई सक्रिय तुल्याउने कार्य गरिने छ ।

पार्टी कार्यालयको भित्ताहरु तथा कोठाहरुमा शहीदहरु, वरिष्ठ ऐतिहासिक नेताहरु, विभिन्न जातजाति, धर्म, क्षेत्र, सम्प्रदाय, सांस्कृतिक धरोहर, संघर्षका गाथाहरु झल्कने तस्वीर तथा सामग्रीहरु राखी कार्यालयलाई एउटा व्यवस्थित संग्रहालय र अध्ययन केन्द्रसमेतको स्वरुप प्रदान गरिने छ ।

महाधिवेशनका बेलामा मात्र क्रियाशील सदस्यता नवीकरण तथा थप गर्ने र अभिलेख व्यवस्थित गर्ने काम हुने गरेकोमा यसलाई नियमित गरी अनलाइन रेकर्ड राख्ने व्यवस्था मिलाउने छु ।

युवा जमातको आकर्षणको केन्द्र बनेका फेसबुक, ट्वीटर, वेबसाइट जस्ता सामाजिक सञ्जालका माध्यमहरुमा निरन्तर अन्तक्र्रियाको व्यवस्था मिलाई पार्टीका गतिविधि सञ्चार गरिने छ ।
ड्ड पार्टी केन्द्रीय कार्यालयमा नै सञ्चार माध्यमहरुसंग नियमित अन्तक्र्रियाका लागि समय व्यवस्थापन गरिने छ । केन्द्रीय कार्यालयमा आधुनिक मिडिया सेन्टरको व्यवस्था गरिनेछ ।

पार्टीमा नयाँ सदस्यहरुको आकर्षण र आगमनमा वृद्धि भएको कुरालाई हृदयङ्गम गर्दै प्रशिक्षण विभागलाई सक्रिय तुल्याई प्रभावकारी कार्यक्रमहरु सञ्चालन गरिने छन् ।
ड्ड युवाको सक्रियता बिना संगठन  चलायमान हुन सक्दैन । त्यसैले युवा परिचालनका निमित्त विशेष कार्यक्रम ल्याउनुका साथै पार्टीमा युवा प्रतिनिधित्वका लागि अतिरिक्त व्यवस्था मिलाइने छ ।

पार्टीमा प्रवेश र अवकाशका बारेमा विभिन्न कठिनाइका चर्चाहरु चल्ने गरेको यथार्थलाई मनन गर्दै योग्य र क्षमतावानले चाँडै प्रगति गर्न सक्ने वातावरण मिलाउँदै सांगठनिक संरचनामा व्यापक परिवर्तन गरिने छ ।

पार्टी सञ्चालनका लागि आवश्यक स्रोत जनस्तरबाट जुटाई खर्चलाई  पारदर्शी बनाउने अभियान चलाइने छ ।

प्रत्येक वर्ष महासमितिको बैठक बोलाई पार्टीको रणनीति तथा वैचारिक मार्गदर्शन तय गरिनेछ ।
सबै भ्रातृसंगठनहरुको अधिवेशन समयमै सम्पन्न गरिनेछ ।

पार्टीभित्र कार्यकर्ताको उचित मूल्याङ्कन पद्धति बसाइने छ ।

आर्थिक रणनीतिका सम्बन्धमा

बीपी कोइरालाले प्रतिपादन गर्नु भएको उत्पादन र वितरणको न्यायिक सन्तुलन सहितको समाजवाद नै नेपाली कांग्रेसको मूल आदर्श हो । विश्व अर्थतन्त्र खुला बजारमा गइसकेको अवस्थामा उत्पादन, वितरण र बिमा तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखी समाजवादको लक्ष्य पूरा गर्नु मूल ध्येय हुनेछ । नयाँ संविधानले निर्दिष्ट गरेको निजी, सार्वजनिक र सहकारी  अर्थनीति अन्तर्गत  नेपालको विकास मेरो मूल लक्ष्य हुनेछ ।

उत्पादनः जनताका लागि अत्यावश्यक उपभोग्य वस्तुहरुको उत्पादन हाम्रो जस्तो मुलुकले निजी क्षेत्रलाई मात्र जिम्मा दिएर प्रभावकारी हुन सक्दैन । आवश्यकताको सिद्धान्त अनुसार कमजोर वर्ग र आम उपभोक्ताको सुरक्षा खातिर कतिपय संस्थान र व्यवसायहरु राज्यबाटै सञ्चालन गर्ने व्यवस्था मिलाइने छ भने निजी क्षेत्रको सहभागितालाई प्राथमिकता दिई प्रोत्साहन गर्ने वातावरणको सिर्जना गर्न नेपाली कांग्रेस लाग्ने छ ।

सामाजिक सुरक्षाः बालबालिका, वृद्धवृद्धा, विधवा, शारीरिक रुपमा अशक्त, एकल महिला लगायतका असहायहरुलाई राष्ट्रले संरक्षण तथा सुरक्षा प्रदान गर्नु पर्दछ । देशका वृद्धवृद्धालाई एक्लै छाडेर नेपाली युवा  सामाजिक सुरक्षा अन्तर्गतकै कार्यमा विदेशीने गरेको दृश्य हृदयविदारक छ । नेपाली अशक्तहरुले पाउँदै आएको सुरक्षा भत्तालाई व्यवस्थित एवं वृद्धि गर्दै सामाजिक सुरक्षा एवं बिमाको दृष्टिमा नेपाललाई समृद्ध मुलुक बनाउनेतर्फ नेपाली कांग्रेसका कदमहरु अगाडि बढाइने छन् ।

जलविद्युत्, क्लिन इनर्जी, सडक सञ्जाल, शिक्षण संस्था, स्वास्थ्य संस्था आदिको गुणस्तर वृद्धिमा पार्टीलाई केन्द्रित गराई समृद्ध नेपालको निर्माणमा कार्यकर्ताहरुलाई अभिप्रेरित गराइनेछ ।


विचारले समृद्ध कांग्रेस
कांग्रेसमा वैचारिक आदर्श स्थापित गर्ने र समग्र कार्यकर्ता पंक्तिलाई नेतामुखी नभएर नीति र सिद्धान्तमुखी बनाउनका लागि महाअभियान शुरु गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।

विचारले समृद्ध कांग्रेस अहिलेको पहिलो आवश्यकता हो । १० बर्षको द्वन्द्वले क्षतविक्षत भएको कांग्रेस संगठनलाई वैचारिक रुपमा दृढ र समृद्ध नबनाउँदासम्म देश र लोकतन्त्रको भलो हुन सक्दैन । तसर्थ पहिलो मुद्दाका रुपमा अन्तरपार्टी संगठनका विभिन्न आधार तयार गरी वडा स्तरदेखि नै कांग्रेसभित्र शुद्धीकरण र सुदृढीकरण गर्नुपर्ने प्रमुख दायित्व रहने छ ।

‘सुख–दुःखमा कांग्रेस’
‘सुखदुःखमा कांग्रेस’ भन्ने मान्यता स्थापना गरी कार्यकर्तामा यो संस्कृतिको विकास गर्न आवश्यक छ । जुन संस्कृतिबाट कांग्रेस जनताको आस्थाको केन्द्र बनेको हो आज त्यही संस्कृतिलाई जोगाउनका लागि सबै गम्भीर हुन आवश्यक छ ।

स्थानीय आवश्यकता पहिचान गर्ने कार्यकर्ता नै पार्टी बलियो बनाउने आधार हुन् । उनीहरुलाई प्रेरणा, हौसलाका साथै कार्यकर्तामा यो सीप र क्षमता अभिवृद्धि  गर्नका लागि विशेष अभियान थाल्न जरुरी छ ।

सीमा नाकामा आपूर्ति व्यवस्थामा देखिएको असहजताका कारण थलिएको आर्थिक गतिविधि र समस्याग्रस्त सामाजिक सद्भावको सम्बोधन अहिले अत्यावश्यक छ । यस समस्याले सिर्जिएको पीडा समनका लागि पनि कांग्रेस तयार हुनुपर्छ आगामी दिनमा यसबारे विशेष नीति तय गरिने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

जनताका व्यक्तिगत समस्याहरुमा समेत चासो राखी समाधानका लागि भूमिका खेल्ने कार्यकर्ताको पार्टीका रुपमा कांग्रेसलाई स्थापित गर्दै लैजानु अपरिहार्य छ ।

पार्टीमा तह अनुरुप कार्यकर्तालाई निर्णय गर्ने पूर्ण स्वतन्त्रता दिनु आवश्यक छ । गाउँका अधिकार क्षेत्रका नेताहरुले खोस्ने, क्षेत्रका अधिकार जिल्लाका र केन्द्रका नेताले खोस्ने प्रवृत्तिले कांग्रेस संगठनका प्रमुख आधारशीला भत्कँदै जान थालेका छन् । यो संस्कृतिको अन्त्य गरी संगठनलाई सही दिशा दिन महत्वपूर्ण दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता छ ।

‘कांग्रेस सबैको पार्टी’
समावेशी सिद्धान्तका आधारमा नेपाली कांग्रेस सबै जातजाति, वर्ग, लिङ्ग र धर्मलाई समान रुपमा हेर्ने राजनीतिक पार्टी हो । यसलाई कार्यरुपमै उतारिने छ ।

यो मूलतः गरिब र मध्यमवर्गका आधारभूत विकासमा आधारित राजनीतिक दल भए पनि यसको सही प्रचारप्रसार गरी त्यो वर्गलाई उच्च मनोबलका साथमा लिई अगाडि बढ्न सकेको छैन । नेताहरुका क्रियाकलाप र चरित्रले कहिलेकाहीँ अरुलाई भ्रम सिर्जना गर्ने मौका मिलेको छ । तसर्थ यो विषयमा स्पष्ट भएर अगाडि बढ्नु पर्दछ ।

अतिवाद र उग्रवादले देशका सबै अंगलाई बिथोलेको अहिलेको परिस्थितिमा समाजको तल्लो तह र मध्यमवर्गलाई सही राजनीतिक दिशा दिएर अगाडि बढाउन सकिएन भने लोकतन्त्रको जग मजबुत हुन सक्दैन भन्ने तथ्यलाई हृदयंगम गरी अगाडि बढ्नु आवश्यक छ ।
 
प्रजातान्त्रिक समाजवाद नै मूलदर्शन
कुनै विशेष दर्शनबिना परिवर्तन व्यवस्थित हुन सक्दैन, तसर्थ प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई आधार बनाएर परिवर्तनहरुलाई व्यवस्थापन गर्न जरुरी छ । यो दर्शनका आधारमा समयसापेक्ष कार्यनीति तय गरी सम्पूर्ण नेपाली जनतालाई नेपाली कांग्रेससँग जोडन प्रयत्न गरिनेछ । 

प्रजातान्त्रिक समाजवाद जस्तो स्वच्छ दर्शनमा आधारित कांग्रेस बनाउन जरुरी छ ।

स्थानीय विकास नै राष्ट्रिय व�

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ