बक्सिङ डे मा लिभरपुललाई फाइदा, म्यान्चेस्टर सिटी फेरि चिप्लियो
प्रकाशित २०७५ पुष १२ बिहिबार
568
Shares
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलको बक्सिङ डे मा फेरि अप्रत्याशित परिणामहरु देखिएका छन् । म्यान्चेस्टर सिटी पराजित हुँदा आर्सनल बराबरीमा रोकिएको छ ।
लिभरपुल उपाधिका लागि अगाडि बढेको छ । लिभरपृुलले न्युकासललाई ४–० को अन्तरले हरायो । डेजान लोभरेन, मोहम्मद सालेह, जेद्रान शाकिरी र फबिन्होले १–१ गोल गरे ।
एभर्टनले बर्नलीलाई ५–१ ले हरायो । फुल्हम र वुल्भरह्याम्पटनले १–१ को बराबरी खेले । क्रिस्टल र कार्डिफले गोलरहित बराबरी खेले ।
म्यान्चेस्टर सिटी फेरि पराजित भएको छ । लगातार दोस्रो हार खेप्ने क्रममा सिटीलाई लेस्टर सिटीले २–१ को अन्तरले हरायो ।
बर्नार्डो सिल्भाको गोलबाट अग्रता लिए पनि सिटीले अग्रता जोगाउन सकेन । घरेलु मैदानमा लेस्टरले त्यसपछि मार्क र रिकार्डोको गोलबाट खेल जित्यो ।
फाबियन डेल्फले रातो कार्ड खाँदै बाहिरिनु पर्यो र अन्तिममा म्यान्चेस्टर १० जनामा समेटियो ।
म्यान्चेस्टर युनाइटेडको जितको यात्रा जारी छ । जोजे मौरिन्हो हटेपछि सुध्रिएको युनाइटेडले हडर्सफिल्डलाई ३–१ ले हरायो ।
पल पोग्बाले २ र नेमान्जा माटिकले १ गोल गरे । टोटनह्यामले बर्नमाउथलाई ५–० ले हराउँदा सन ह्युंगमिनले २ तथा क्रिस्टियन एरिक्सन, लुकास मौरा र ह्यारी केनले १–१ गोल गरे ।
आर्सनल भने ब्राइटनसंग १–१ गोलको बराबरीमै रोकिएको छ । चेल्सीले वाट्फोर्डलाई २–१ ले हरायो ।
अंकतालिकामा लिभरपुलले दोस्रो स्थानको टोटनह्यामभन्दा ६ अंकको अग्रता लिएको छ । लिभरपुलको ५१ अंक छ ।
म्यान्चेस्टर सिटी ४४ अंकबाट तेस्रो स्थानमा झरेको छ । चेल्सी ४० अंकसहित चौथो स्थानमा पुगेको छ ।