गाँउपालिकाको भ्रमण टोलीलाई तमैलमा स्वागत, भ्रमण उपलब्धीमूलक भएको ठोकुवा
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ मंसिर २५ मंगलबार
732
Shares
बझाङ । जिल्लाको खप्तड छान्ना गाउँपालिकाले झण्डै दुई साता लामो अबलोकन भ्रमण पछि मंगलबार टोली गाउँपालिका पुगेको छ । नेपाल तथा भारतको सिक्कीम र दार्जिलिगंका बिभिन्न कृषी , पर्यटन , उर्जा तथा बिकास सम्बन्धी भु–भागहरुको स्थलगत अबलोकन गरि टोली गाउँपालिका पुगेको हो ।भ्रमण टोली गाउँ पुगे संगै टोलीलाई स्थानीय तमैल बजारमा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पवनकुमार पोखरेल लगायत गाउँपालिकाका कर्मचारीहरुले टिका तथा अबिर लगाएर स्वागत गरेका छन् ।
गाउँपालिकाको कृषि , पर्यटन , उर्जा तथा बिकास निर्माणको अबस्थाको बारेमा नेपाल तथा भारतका बिभिन्न भु–भागहरुमा अबलोकन भ्रमण गरि गाउँपालिकाको बिकासमा थप टेवा पुग्ने उदेस्यका साथ मंसिर १२ गते देखि भ्रमण सुरु गरिएको थियो । झण्डै दुई साता ब्यापी भ्रमणमा टोलीले बिश्व सम्पदा सुचिमा परेको लुम्बीनीको बिकास , कास्की जिल्लाको लुम्लेमा रहेको क्षेत्रिय कृषि अनुसन्धान केन्द्रमा कृषि बैज्ञानिकहरु संग परामर्ष , पोखराको फेवा ताल , डेबिटफल्स , गुप्तेश्वर गुफाको पर्यटकिय अबस्थाको अबलोकन , काठमाण्डौमा रहेको ऐतिहासिक तथा पुरातत्विक सम्पदा तथा त्यस क्षेत्रमा भएको बिकास तथा सभ्यताको अबलोकन , एसिया कै अर्गानिक बाली फलाउने एक मात्र राज्यका रुपमा प्रख्यात भारतको सिक्कीमका गान्तोक र दार्जिलिङको चियाबासी, म्यूजियम, पार्कहरुको लगायत बौद्ध गुम्बाहरुको समेत अबलोकन गरिएको छ ।
त्यसै गरि टोलीले ईलामको चियाबारी लगायत यस क्षेत्रमा भई रहेको पर्यटकिय गतीबिधीका बारेमा समेत जानकारी लिएको छ । नेपाल कै प्रख्यात गाईपालका लागी प्रसिद्ध मानिने चितबनको राष्ट्रिय गाई अनुसन्धान केन्द्रको भ्रमण र पशु बिज्ञ संग परामर्ष र ब्यबसायिक मौरी पालनको समेत स्थलगत अनुगमन गरेको हो । टोलीले कैलालीको धनगडीमा रहेको माछा पालन अनुसन्धान केन्द्रको समेत अबलोकन गरि मंगलबार गाँउ पुगेको छ । गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले भने “ भ्रमण निकै उपलब्धी मुलक भएको छ र त्यहाँका बिकासक्रम , कृषि, पर्यटन , उर्जा लगायत पुरातत्विक सम्पदाको संरक्षण र सम्बर्धन बाट भई रहेका आर्थिक गतीबिधीहरुले गरिबी निबारणमा पुर्याएको टेवाले गर्दा आफुले पनि अब गाउँपालिकामा लागु गर्न ठूलो प्रेरणा मिलेको छ”।
उनले थपे “ राम्रो काम गर्ने लाई सबैले राम्रो भन्नु पर्दछ भ्रमणको बिषय लाई लिएर सामाजिक सञ्जालमा भ्रम सिर्जना गरिएको प्रति दुख प्रकट गर्दै यदी यस्तो गरिएको प्रमाणित भयो भने आफु नैतिकरुपमा राजिनामा दिने ठोकुवा समेत गर्नु भयो । अध्यक्ष रोकायाले भने “भ्रमण कृषिमा मात्र केन्द्रित होईन यो त पर्यटन , उर्जा , बिकासक्रमको जानकारी , कला सस्कृती , लगायत सबै कुराको अनुभव लिएर आफ्नो गाँउमा लागु गर्ने कुरा हो” ।
यसै आर्थिक बर्ष ०७५-०७६ को गाउँ शभा बाट कृषी , पर्यटन , उर्जा र अन्य बिकासक्रमको जानकारी तथा अनुभव लिनका लागी अबलोकन भ्रमणका लागी दश लाख रुपया बिनियोजन गरिएको थियो । खप्तड छान्ना गाँउपालिका २ का वडा अध्यक्ष डबल बहादुर सिंहका अनुसर भ्रमणले गाउँपालिकाको बिकासमा ठूलो परिबर्तन ल्याउने कुरामा आफु बिश्वस्त भएको बताए । उनले भने “हामीले हाम्रो उदेस्यका अनुसार काम गरेका छौ ” ।
भ्रमणका बिषयमा सामाजिक सञ्जालमा भ्रम र गलत सुचना सम्प्रेसण भएको भन्दै गाँउपालिकाले आपत्ती समेत जनाएको छ । गाँउपालिका उपाध्यक्ष पाउसरा थापाले भने स्थानीय सरकारको आफु पनि प्रतिपक्ष भएको बताउदै गाँउपालिकाले गरेका राम्रा कुरा लाई त राम्रो गरे भनेर खुलेर भन्न सक्नु पर्दछ खाली अरुको चरित्र हत्या गर्ने बिकास निर्माण कार्य लाई भाँजो हाल्ने , भ्रमणका बिषयमा हामीहरु लाई नसोधी सामाजिक सञ्जालमा अफाह फैलाउनु गलत भएको बताउदै त्यस्तो गर्ने ब्यक्ति लाई कारबाही गर्नु गर्नु पर्नेमा जोड दिए ।
“गाउँपालिकाको बिकास र समृद्धिका लागी हामीहरुले पक्ष बिपक्ष नभनिकन लागी रहेका छौ थापाले थपे यदी हामीले भ्रमणमा राज्यको स्रोत लाई अनाबस्यक दुरुपयोग गरेको प्रमाणित भए राजिनामा दिन तयार रहेको बताए । केही दिन अगाडी सामाजिक सञ्जालमा गाँउपालिकाको टोली मोजमस्ती गर्न भ्रमणमा गयो , ५५ लाख रुपया खर्च गरियो अफाह फैलाईएको थियो । पछिल्लो समयमा स्थानीय सरकारहरुले बिकास , समृद्धि र बिभिन्न बिषयको जानकारी तथा ज्ञान लिनका लागी अबलोकन भ्रमण गरिरहेका छन् । यसले गाउँपालिको बिकासमा ठूलो टेवा पुग्ने समेत अपेक्षा गरिएको छ ।