प्रतापपुर बहुमुखी सहकारी संस्थाको ४२औं वाषिर्क साधारण सभा सम्पन्न
अंगद यादव,
प्रकाशित २०७५ मंसिर २३ आइतबार
298
Shares
नवलपरासी। नवलपरासी पश्चिमकव प्रतापपुर गाउपालिका वडा ९ मा रहेको प्रतापपुर बहुमुखी सहकारी सस्था लिमिटेडको ४२औ बाषिर्क साधारणसभा सम्पन्न भएको छ। सस्थाका अध्यक्ष मुक्तिनाथ पाण्डेको अध्यक्षता र भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रलाय प्रदेश नं.- ५ को सचिव यमनारायण सुबेदीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।
सस्थाक आ.बा ७४/७५ मा कुल ३ करोड २४ लाख ९४ हजार बराबरको कारोबार गरेको छ भने जसमा १९ लाख ५८ हजार बराबरको शुद्ध नाफा गर्न सफल भएको सस्थाका लेखा संयोजक ईश्वरी प्रसाद चाैधरीले जानकारी गराए।
४१३ जना कुल शेयर सदस्य रहेको उक्त सस्थाले प्रतापपुर गाउपालिका ,सुस्ता गाउपालिका र बर्दघाट नगरपालिकाको केहि वडाहरु आफ्नो कार्यक्षेत्र बनाएको छ। सस्थाले कृषि, पशुपालन तथा बैदेशिक रोजगारीका लागि लगानि गरेको संस्थाको अध्यक्ष पाण्डेले बताए।
विशिष्ट अतिथिको रुपमा प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मा, कृषि सहकारि संस्था लिमिटेड नवलपरासिका अध्यक्ष प्रकाश ज्ञवालि, राष्ट्रिय सहकारी वैंक शाखा बर्दघाट प्रमुख सविना पोखरेल, सत्देव पाण्डे, केदार पाण्डे, वडा नं.-९ का वडा अध्यक्ष हेमेन्द्र कुमार पजियार र संस्थाका पुर्व व्यवस्थापक कृष्ण प्रसाद ढकाल, लगायतले शुभकामना मन्तवय व्यक्त गरेका थिए।