arrow

ढल्यो रोनाल्डो–मेस्सी इरा, मोड्रिच बने विश्वकै सर्वोत्कृष्ट खेलाडी

एम्बाप्पेले जिते कोपा ट्रफी

logo
प्रकाशित २०७५ मंसिर १८ मंगलबार
modric1.jpg

काठमाडौं । अर्जेन्टाइन फुटबल खेलाडी लियोनल मेस्सी र पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डोको सर्वोत्कृष्टको इरा सकिएको छ । निरन्तर दुई खेलाडी नै आलोपालो १० वर्षसम्म सर्वोत्कृष्ट हुँदै गएकामा त्यो रेकर्ड तोड्दै क्रोएसियन खेलाडी लुका मोड्रिच सर्वोत्कृष्ट बन्न सफल भएका छन् । 

Real Madrid and Croatia midfielder Luka Modric claimed the Ballon d'Or after a brilliant year for both club and country

स्पेनिश क्लव रियाल मड्रिडका मिडफिल्डर मोड्रिचले ‘बालोन डीओर अवार्ड’ जितेका हुन् । सन् २००७ मा पूर्व ब्राजिलियन तथा इटालियन क्लव एसी मिलानका फरवार्ड काका यो अवार्ड जितेपछि मेस्सी र रोनाल्डोबाहेक अन्य कुनै खेलाडीले जित्न सकेका थिएनन् । 

सोमबार राति भएको अवार्ड वितरण समारोहमा रोनाल्डो अवार्डको दोस्रो स्थानमा आए भने मेस्सी पाँचौँ स्थानमा धकेलिए । फ्रेन्च फरवार्डहरु एन्टिनियो ग्रिजम्यान र केलियन एम्बाम्पे तेस्रो र चौथो स्थानमा आए । Modric pictured celebrating with the prestigious Ballon d'Or trophy after he was announced as the winner

३३ वर्षे मोड्रिचले गत मे मा मड्रिडबाट लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए । त्यस्तै क्रोएसियालाई विश्वकपमा पहिलो पटक पुर्याउन सफल भएका थिए । 

विश्वकपको फाइनलमा उत्कृष्ट खेलेका मोड्रिच विश्वकपकै उत्कृष्ट खेलाडी घोषित भएका थिए । विश्वकपमा गोल्डनबुट जित्नुका साथै मोड्रिचले यसवर्ष विश्वको उत्कृष्ट पुरुष खेलाडी तथा वेष्ट फिफा फुटबल अवार्ड पनि जितेका थिए ।

Modric with his wife Vanja Bosnic and three children Ivano (centre), Ema (left) and Sofia (right) on Monday evening

यस्तै यसै सिजनबाट दिइएको महिला बालोन डीओर अवार्ड लायोन र नर्वेकी स्ट्राइकर २३ वर्षे अदा हेगेरवर्गले जितेकी छिन् । केलियिन एम्बाप्पेले कोपा ट्रफी जिते । 

Lyon and Norway forward Ada Hegerberg picked up the women's first ever Ballon d'Or in the French capital

Modric poses for a photo alongside fellow winners Mbappe and Hegerberg as the ceremony draws to a close 

Barcelona star Messi finished fifth in the Ballon d'Or votes, while his former La Liga rival Ronaldo came second 

Modric has finally ended Cristiano Ronaldo and Lionel Messi's 10-year dominance over the coveted Ballon d'Or

Kylian Mbappe won the Kopa Trophy on Monday evening after being voted the best performing player under the age of 21

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ